२८ भाद्र २०८३, आईतवार
,
Latest
सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीबारे जनतालाई गुमराहमा राखिएको छ, यथास्थितिमा पास गर्नुहुन्न– खनाल (भिडियो)



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले जनतालाई गुमराहमा राखेर एमसीसी सम्झौता गरिएको बताउनुभएको छ । 

संसद् भवन बाहिर पत्रकारहरुसँग कुराकानी गर्दै जनतालाई गुमराहमा राखिएको एमसीसी सम्झौतालाई यथास्थितिमा पारित गर्न नहुने बताउनुभयो । उहाँका अनुसार नेपाली जनतालाई सर्वोपरी ठानेर एमसीसी सम्झौता नभएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार एमसीसीलाई कसैले गिजोलेको नभई नेपालको हितमा ध्यानमा राखेर सुरुमै एमसीसी सम्झौता भएको थिएन । उहाँले एमसीसी सम्झौतालाई संशोधन नगरी स्वीकार गर्न नसकिने बताउनुभयो । उहाँले सम्झौताभित्र राष्ट्रिय हितविपरीतका गम्भीर कुरा भएको भन्दै त्यसलाई सुधार नगरी पारित गर्न नसकिने बताउनुभयो ।