३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजसंस्थालाई अभिभावकीय भूमिकामा पुनर्स्थापित गर्नुपर्छ– रवीन्द्र मिश्र



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थालाई विगतका गल्तीप्रति क्षमा दिएर अभिभावकीय भूमिकामा पुनर्स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले राजसंस्थालाई अभिभावकीय भूमिकामा पुनर्स्थापित नगर्ने हो भने देशमा संकटका बेला सहारा लिने कुनै संस्था बाँकी नरहने बताउनुभएको छ ।

यो पनि पढ्नुहोसपूर्वराजासंग राप्रपा बरिष्ठ उपाध्यक्ष मिश्रको भेट,विचारभन्दा माथि उठेर राजसंस्थाको पुनस्थापना आबश्यक

१२ बुँदे सहमतिमा राजतन्त्रको ‘निरंकुशता’ को अंश मात्र हटाउने भनिएको भन्दै उपाध्यक्ष मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको चाहना अनुरूप त्यति नै बेला ९२०६३ साल वैशाख ११ गते० ‘निरंकुशता’ त्यागिदिएको उल्लेख गर्नुभएको छ।

पूर्वराजा ज्ञानेन्द्रले आफूलाई जनतासामू समर्पण गरिसकेका थिए भन्दै मिश्रले भन्नुभएको छ, “भीषण युद्धमा पनि आत्म समर्पण गरेको सेनालाई मारिँदैन। तर विदेशीको खेल र ‘प्रचण्डीकरण’को भेलमा तात्कालीन आठ राजनीतिक दलले समर्पण गरिसकेको राजसंस्थालाई नै मारिदिए।”

“त्यतिबेला र तत्पश्चात, धेरै मानिसहरूले २०५२ सालमा शुरू भएको माओवादी आन्दोलन, हत्या, हिंसा र त्यसपछि विकसित घटनाक्रममा मूलत: अहिलेका प्रमुख नेता र पार्टीमा निहित चरम स्वार्थपरकता, भ्रष्टता, असक्षमता र देशभक्तिको अभाव जिम्मेवार थियो भन्ने बिर्सिए”, उहाँले लेख्नुभएको छ, “यस्तो भाष्य बनाइयो कि यो देशको सम्पूर्ण दु:खको कारक राजसंस्था र राजा ज्ञानेन्द्र हुन्। उनलाई यसरी दानविकृत गरियो कि त्यो बयान गरी साध्य छैन।”

राजा ज्ञानेन्द्रमा ती घटनाक्रम र देशको वर्तमान अवस्थाप्रति असन्तुष्टी भए पनि उनले आफ्नो भद्रता र राजकीय गरिमालाई कहिल्यै कम हुन नदिएको वरिष्ठ उपाध्यक्ष मिश्रले बताउनुभएको छ ।

आफ्नो पछिल्ला दुई भेटमा पूर्वराजा ज्ञानेन्द्रमा ‘निरंकुशता’ नभई यो देशको दूरगामी हितका लागि ‘मेलमिलाप’ को बाहेक आफूले अन्य कुनै भाव नपाएको उहाँले उल्लेख गर्नुभएको छ ।

मिश्रले भन्नुभएको छ, “व्यक्तिगत ‘विचारभन्दा माथि देश’लाई नराख्ने हो भने हाम्रा भावी पुस्ता पाएसम्म या त देशमै बस्ने छैनन् या तिनले देशभित्र धेरै नै दुख पाउनेछन्। समयमैँ विचार गरौँ। ढिलो गरी आएको चेतना विध्वंशपछि प्राप्त विवेकजस्तै अर्थहीन हुनेछ। ”