१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

राजसंस्थालाई अभिभावकीय भूमिकामा पुनर्स्थापित गर्नुपर्छ– रवीन्द्र मिश्र

राजसंस्थालाई अभिभावकीय भूमिकामा पुनर्स्थापित गर्नुपर्छ– रवीन्द्र मिश्र
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थालाई विगतका गल्तीप्रति क्षमा दिएर अभिभावकीय भूमिकामा पुनर्स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले राजसंस्थालाई अभिभावकीय भूमिकामा पुनर्स्थापित नगर्ने हो भने देशमा संकटका बेला सहारा लिने कुनै संस्था बाँकी नरहने बताउनुभएको छ ।

यो पनि पढ्नुहोस – पूर्वराजासंग राप्रपा बरिष्ठ उपाध्यक्ष मिश्रको भेट,विचारभन्दा माथि उठेर राजसंस्थाको पुनस्थापना आबश्यक

१२ बुँदे सहमतिमा राजतन्त्रको ‘निरंकुशता’ को अंश मात्र हटाउने भनिएको भन्दै उपाध्यक्ष मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको चाहना अनुरूप त्यति नै बेला ९२०६३ साल वैशाख ११ गते० ‘निरंकुशता’ त्यागिदिएको उल्लेख गर्नुभएको छ।

पूर्वराजा ज्ञानेन्द्रले आफूलाई जनतासामू समर्पण गरिसकेका थिए भन्दै मिश्रले भन्नुभएको छ, “भीषण युद्धमा पनि आत्म समर्पण गरेको सेनालाई मारिँदैन। तर विदेशीको खेल र ‘प्रचण्डीकरण’को भेलमा तात्कालीन आठ राजनीतिक दलले समर्पण गरिसकेको राजसंस्थालाई नै मारिदिए।”

“त्यतिबेला र तत्पश्चात, धेरै मानिसहरूले २०५२ सालमा शुरू भएको माओवादी आन्दोलन, हत्या, हिंसा र त्यसपछि विकसित घटनाक्रममा मूलत: अहिलेका प्रमुख नेता र पार्टीमा निहित चरम स्वार्थपरकता, भ्रष्टता, असक्षमता र देशभक्तिको अभाव जिम्मेवार थियो भन्ने बिर्सिए”, उहाँले लेख्नुभएको छ, “यस्तो भाष्य बनाइयो कि यो देशको सम्पूर्ण दु:खको कारक राजसंस्था र राजा ज्ञानेन्द्र हुन्। उनलाई यसरी दानविकृत गरियो कि त्यो बयान गरी साध्य छैन।”

राजा ज्ञानेन्द्रमा ती घटनाक्रम र देशको वर्तमान अवस्थाप्रति असन्तुष्टी भए पनि उनले आफ्नो भद्रता र राजकीय गरिमालाई कहिल्यै कम हुन नदिएको वरिष्ठ उपाध्यक्ष मिश्रले बताउनुभएको छ ।

आफ्नो पछिल्ला दुई भेटमा पूर्वराजा ज्ञानेन्द्रमा ‘निरंकुशता’ नभई यो देशको दूरगामी हितका लागि ‘मेलमिलाप’ को बाहेक आफूले अन्य कुनै भाव नपाएको उहाँले उल्लेख गर्नुभएको छ ।

मिश्रले भन्नुभएको छ, “व्यक्तिगत ‘विचारभन्दा माथि देश’लाई नराख्ने हो भने हाम्रा भावी पुस्ता पाएसम्म या त देशमै बस्ने छैनन् या तिनले देशभित्र धेरै नै दुख पाउनेछन्। समयमैँ विचार गरौँ। ढिलो गरी आएको चेतना विध्वंशपछि प्राप्त विवेकजस्तै अर्थहीन हुनेछ। ”