• १४ मंसिर २०८०, बिहीबार
  •      Thu Nov 30 2023
  •   Unicode
Logo
Latest
★   कृषि जग्गामा महिलाको पहुँच ३४.४ प्रतिशत ★   स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनी नियुक्त ★   अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयो: ओली ★   सीप सिकेर आत्मनिर्भर बन्दै भोजपुरका महिला ★   खाद्यद्वारा किसानको दुई हजार पाँच सय क्वीन्टल धान खरिद ★   नक्कली भुटानी शरणार्थी प्रकरण: उच्च अदालत पाटनले भोलि आदेश सुनाउने ★   पर्यटकीय गन्तव्य बन्दै म्याग्दीको केभहिल ★   बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु ★   नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आह्वान ★   बैतडीमा नेकपा एसका जिल्ला अध्यक्षसहित नेता-कार्यकर्ता एमाले फर्किए

ख्यालठट्टाका नाममा मानसिक हैरानी दिने ‘युट्युबर’ पक्राउ



काठमाडौँ । ख्यालठट्टाका नाममा सर्वसाधरणलाई शारीरिक–मानसिक हैरानी दिएको अभियोगमा झापा विर्तामोड नगरपालिका–४ आदर्शटोलका २७ वर्षीय आकाश सेढाइँलाई कौशलटार, भक्तपुरबाट पक्राउ गरिएको छ । 

प्रचलित कानुनको वर्खिलाप निजले ख्यालठट्टाका नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक तनाब हुने गोप्य भिडियो ‘युट्युब च्यानल’मा राखेकाले मङ्गलबार पक्राउ गरी आज जिल्ला अदालत काठमाडौंबाट सात दिन थप अनुसन्धानको अनुमति लिइएको प्रहरी प्रधान कार्यालय ‘साइबर ब्यूरो’ले जनाएको छ । 
 
सरकारले गत माघ १३ गते सार्वजनिक स्थलमा खिचिएका प्राङ्क भिडियो सामाजिक सञ्जालमा ‘पोस्ट’ गर्नेलाई कारवाहीको दायरमा ल्याउने घोषणा गरेसँगै साइबर ब्यूरो सक्रिय भएको हो ।
 
गृहमन्त्रालयले सार्वजनिक स्थलहरूमा छायाङ्कन गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुन सक्ने वादविवाद र द्वन्द्व, सामाजिक सद्भाव र शान्ति सुव्यवस्थामा पर्न सक्ने नकारात्मक प्रभाव एवम् व्यक्तिगत गोपनीयता, प्रतिष्ठामा पर्न सक्ने असर समेतलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन नगर्न आग्रह गरेको थियो ।(रासस)