१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक–निजी साझेदारीबारे प्रशिक्षण



अ+ अ-

काठमाडौँ । लगानी बोर्ड नेपाल र एसियाली विकास बैंक (एडीबी) को सहकार्यमा ‘सर्टिफाइड पब्लिक–प्राइभेट पार्टनरसिप प्रोफेसनल’ (सीपीथीप्री) प्रशिक्षण कार्यक्रम आजदेखि यहाँ प्रारम्भ भएको छ ।

प्रशिक्षणमा विभिन्न मन्त्रालय तथा लगानी बोर्डको कार्यालयका अधिकारीहरू र परामर्शदाता सहभागी रहेको लगानी बोर्डको कार्यालयले जनाएको छ । उक्त प्रशिक्षण कार्यक्रममा कर्मचारी र परामर्शदातालाई सार्वजनिक–निजी साझेदारी ९पीपीपी० मोडलमा सञ्चालन हुने परियोजनाबारे विस्तृत जानकारी गराउने उद्देश्य रहेको बोर्डले जनाएको छ ।

“सार्वजनिक–निजी साझेदारीका परियोजना तयारी, विकासकर्ता छनौट तथा परियोजना व्यवस्थापन सम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ । साथै पीपीपीका नवीनतम अवधारणासहितका परियोजना कार्यान्वयनमा सहयोगी हुने अपेक्षा गरिएको छ ।”, लगानी बोर्डद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले पीपीपी परियोजना कार्यान्वयनका लागि लगानी बोर्डको कार्यालय विशिष्टिकृत निकाय भएकाले कर्मचारीका लागि यस्तो प्रशिक्षण आवश्यक रहेको बताउनुभयो । “पीपीपी अवधारणाका परियोजना सफलतापूर्वक अघि बढाउन परियोजनाको तयारी, जोखिम न्यूनीकरण, खरिद प्रक्रिया एवं कार्यान्वयन तथा सञ्चालनका सम्पूर्ण चक्रमा दक्षता र विशेषज्ञता आवश्यक पर्छ”, उहाँले भन्नुभयो ।

परियोजना विकासमा पीपीपी अवधारणा आफैँमा जटिल विषय रहेको चर्चा गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृत भट्टले यसका लागि सबल जनशक्ति आवस्यक रहेको उल्लेख गर्नुभयो । पीपीपी सर्टिफिकेसन कार्यक्रमा आधारभूत, तयारी र कार्यान्वयन गरी तीन चरण समावेश छन् । अहिले आयोजना भइरहेको कार्यक्रम आधारभूत चरणअन्तर्गतको हो । रासस