२६ असार २०८३, शुक्रबार
,
Latest
युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६… भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन थिचिँदा १६ जना पुरिएको आशंका साउदी अरब र क्यानडाबीच सहयोग अभिवृद्धि गर्न विभिन्न समझदारी पत्रमा हस्ताक्षर इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैँतिहारका अवसरमा अल्फा बिटाको सुभकामना आदानप्रदान



अ+ अ-

काठमाडौँ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने विद्यार्थीको स्वास्थ्य परीक्षण बानेश्वरस्थित अल्फा केयरमा हुने भएको छ । दसैँतिहार सुभकामना आदानप्रदान कार्यक्रममा अल्फा बिटाले विद्यार्थीको सहजताका लागि स्वास्थ्य परीक्षण सुरु गरेको जानकारी दियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा अष्ट्रेलियाली दूतावासका नियोग उपप्रमुख ग्रेग क्लेम, अष्ट्रेलियाली दूतावासका प्रथम सचिव तथा कन्सुलर एडान बोरेहम, नयाँ दिल्लीस्थित क्यानडा उच्च आयोगकी वाणिज्यमन्त्री जेनिफर डाउबेनी, अष्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूत चित्रलेखा यादवको सहभागिता रहेको थियो ।

यसैगरी अष्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पा, अमेरिकी दूतावासका लागि राजनीतिक, आर्थिक, एसियाली मामिला संयोजक कुञ्जा राई, बेलायती राजदूतावासका व्यापार तथा लगानी विभाग प्रमुख अनुप श्रेष्ठ, अस्ट्रेड दक्षिण एशियाका सिनियर डाइरेक्टर मुस्ताफिजुर रहमान, नेदरल्यान्ड्सका लागि अवैतनिक महावाणिज्यदूत दीपकराज सापकोटा, कोष्टारिकाका लागि महावाणिज्यदूत मनिष थापा र एनआरएनएका अध्यक्ष बद्रीबहादुर केसीको कार्यक्रममा उपपस्थिती रहेको थियो ।

यसका साथै अल्फा बिटाले नेपालका विभिन्न प्रतिष्ठित कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरू लिएर अष्ट्रेलिया ‘फेम ट्रिप’ आयोजना गर्ने घोषणा गरेको छ । यस ट्रिपको मुख्य उद्देश्य अष्ट्रेलियामा रहेका विद्यार्थी, उनीहरूले अध्ययन गर्ने युनिभर्सिटीका बारेमा बुझ्नु रहेको अल्फा बिटाले जनाएको छ ।

यो भ्रमण टोलीमा अल्फा बिटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत द्विराज शर्मासहित पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा। बिजु थपलिया, काठमाडौँ युनिभर्सिटीका डीन प्राडा मनिष पोखरेल, आइओईका सिभिल विभाग प्रमुख गोकर्णबहादुर मोत्रा, युलेन्स स्कुलका प्रिन्सिपल मेडिनबहादुर लामिछाने, ग्लोबल कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल अम्बादत्त जोशीलगायत सहभागी रहने जनाइएको छ ।