२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

छक्का पञ्जा ४ मार्फत १४ बर्ष पछि अभिनय यात्रामा सुशील



अ+ अ-

काठमाडौं । दिपक दीपाको बहु प्रतिक्षित फिल्म ‘छक्का पञ्जा ४’ यही फाल्गुण १९ गते शुक्रबार देखि नेपालको १२५ भन्दा धेरै स्क्रिन लगायत अमेरिका, यूरोप, अस्ट्रेलिया र मध्य पूर्वीय देशमा समेत प्रदर्शनमा आउने भएको छ ।

छक्का पञ्जाको यस अघिका सम्पूर्ण फिल्म सफल भएकोले निर्माण पक्ष छ्क्का पञ्जा ४ पनि दर्शकले रुचाउने र फिल्मलाई सफल बनाउनेमा ढुक्क देखिन्छ ।
दिपकराज गिरी, दीपा श्री निरौला, केदार घिमिरे, नीर शाह, बेनिषा हमाल, निर्मल शर्मा, बुद्धि तामाङ्ग, रमेश बुढाथोकी आदि कलाकारको प्रमुख भूमिका रहेको चलचित्र छक्का पञ्जा ४ को दुई गीत ‘दर्शन सलाम’ र ‘सिरुपाते जुङ्गैमा ‘हाल चर्चाको शिखरमा छन् ।

सामाजिक संजालमा यी दुई गीतमा छ्यापछ्याप्ती भिडियो बनाइएको देखिनुबाट पनि ती गीतको लोकप्रियताको साथै छक्का पञ्जा ४ को ट्रेलर रिलिज भएदेखी नै यूट्यूबको ट्रेन्डिङ्ग १ मा रहेको तथ्यबाट पनि छक्का पञ्जाको यो नयाँ सिरिज छक्का पञ्जा ४ प्रति दर्शकको निक्कै आकर्षण र व्यग्र प्रतीक्षा रहेको स्पष्ट हुन्छ ।

छक्का पञ्जा ४ बाट पुराना संचारकर्मी, चलचित्र लेखक र कलाकार सुशील देवकोटाले पनि एक प्रमुख भूमिकामा फेरि कम ब्याक गर्दैछन् । छ्क्का पञ्जा ४ ले पहिलाको छक्का पञ्जाको जस्तै व्यवसायिक सफलता प्राप्त गर्ला कि नगर्ला त्यो चाहिँ शुक्रबार फिल्म प्रदर्शन पछि नै थाहा हुनेछ ।