२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका मन्त्रीहरुले दिए राजीनामा



अ+ अ-

काठमाडौ । नेकपा एमालेका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन् ।

पार्टीका तर्फबाट सरकारको नेतृत्व गर्नुभएका उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले अन्य मन्त्रीहरुका साथ प्रधानमन्त्री दाहालाई राजीनामा बुझाउनु भएको छ । आजै पार्टीले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो।

मन्त्रिपरिषदमा एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री , ज्वालाकुमारी साह कृषि मन्त्री ,विमला राई पौड्याल परराष्ट्रमन्त्री , दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री , पदम गिरी स्वास्थ्य तथा जनसंख्यामन्त्री ,हरि उप्रेती रक्षा मन्त्री , भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र राजेन्द्रकुमार राई भूमिसुधार मन्त्रीको जिम्मेवारीमा रहनु भएको थियो ।

तस्बिर: प्रदीपराज वन्त /रासस