२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका मन्त्रीहरुले दिए राजीनामा



अ+ अ-

काठमाडौ । नेकपा एमालेका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन् ।

पार्टीका तर्फबाट सरकारको नेतृत्व गर्नुभएका उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले अन्य मन्त्रीहरुका साथ प्रधानमन्त्री दाहालाई राजीनामा बुझाउनु भएको छ । आजै पार्टीले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो।

मन्त्रिपरिषदमा एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री , ज्वालाकुमारी साह कृषि मन्त्री ,विमला राई पौड्याल परराष्ट्रमन्त्री , दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री , पदम गिरी स्वास्थ्य तथा जनसंख्यामन्त्री ,हरि उप्रेती रक्षा मन्त्री , भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र राजेन्द्रकुमार राई भूमिसुधार मन्त्रीको जिम्मेवारीमा रहनु भएको थियो ।

तस्बिर: प्रदीपराज वन्त /रासस