२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले अर्को निर्णय नहुँदासम्म सरकारका विषयमा पार्टीको पूर्वनिर्णय नै कायम रहेको बताउनुभयो ।

गत माघ २२ गते सरकारबाट बाहिरिने निर्णय गरेको रास्वपाले समर्थन कायमै राख्ने निर्णय गरेको थियो । पार्टीको अहिलेसम्मको निर्णय त्यही भएको बुर्लाकोटीले बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत पुस १० गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)को समर्थनमा प्रधानमन्त्री बन्नुभएको थियो ।

उक्त गठबन्धनमा रहेका जसपा, जनमत पार्टी र नाउपासहित प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसँग गठबन्धन गरेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका छन् । एमाले र राप्रपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन् ।

रास्वपाको सोमबारको बैठकमा चितवन–२ मा हुने उपनिर्वाचनका विषयमा छलफल भएको बताइएको छ ।