• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   मनसुन भित्रिएको २५ दिनमा नेपालमा ४५ जनाको मृत्यु, ८ करोड बढीको क्षति ★   अनन्त–राधिकाको विवाह समारोहमा प्रस्तुति दिन मुम्बई आईपुगे जस्टिन बिबर ★   बाढी प्रभावित भन्छन्: ‘अब हाम्रा दु:खका दिन सुरु भए’ ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने ★   नेता/कार्यकर्ताको सुझावअनुसार सर्वसहमतिबाट नेतृत्व चयन हुन्छ: सचिव श्रेष्ठ ★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ ★   सहमतिबाटै नेतृत्व चयन हुन्छ: अध्यक्ष नेपाल ★   बेलायतमा आम निर्वाचनका लागि मतदान सुरु ★   खोटाङका ८५ घर बाढी, चार सय ३९ घर पहिराको उच्च जोखिममा ★   प्रधानमन्त्री दाहाललाई राजीनमा दिन महामन्त्री थापाको सुझाव

पिएनजीबिरुद्ध नेपाललाई चौथो सफलता, गुलशनले मात्रै लिए तीन विकेट



काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीबिरुद्ध नेपालर्ले चौथो सफलता हात पारेको छ ।

दुबई क्रिकेट मैदानमा जारी खेलमा गुलशन झाले चाल्र्स अमिनीलाई आउट गराएसँगै नेपाललाई चौथो सफलता मिलेको हो । चाल्स १४ बलमा ६ रन बनाएर प्रतिशको हातबाट क्याच आउट भए ।

त्यसअघि गुलशनले नै २४ औं ओभरको दोस्रो बलमा पिएनजीका सेसे बाउलाई ३१ रनमा बोल्ड गराएर नेपाललाई तेस्रो सफलता दिलाएका थिए ।

नेपाललाई दोस्रो सफलता पनि गुलशनले दिलाएका थिए । ओपनर किप्लिङ डोरिगालाई २८ रनमा क्याच आउट गराउँदै गुलशनले दोस्रो सफलता दिलाएका थिए । उनले ५२ बलमा ४ चौका प्रहार गरे ।

तीव्र गतिका बलर सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । सोमपालले पाँचौं ओभरको पहिलो बलमा पिएनजीका ब्याटर टोनी उरालाई २ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । उराले १३ बल खेलेका थिए ।

यो समाचार तयार पार्दासम्म पपुवा न्युगिनीले ३१ ओभरमा ४ विकेट गुमाउँदै १०६ रन बनाएको छ ।