१३ श्रावण २०८३, बुधबार
,
Latest
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिने शोक घोषणा, कार्यालयमा झण्डा आधा झुकाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुखुम्बुमा यस वर्षको पहिलो हिउँ



अ+ अ-

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ । बितेका वर्षहरूमा पुस अन्तिम र माघको पहिलो सातादेखि नै हिउँ पर्ने सोलुखुम्बुमा यस वर्ष भने ढिला गरी हिउँ परेको हो । देशका अन्य भूभागमा अघिल्लो सातादेखि नै वर्षा तथा हिमपात सुरु भए पनि जिल्लामा भने आइतबार मात्रै वर्षासहितको हिमपात भएको हो ।

आइतबार बिहानैदेखि मौसममा बदली आएसँगै साँझदेखि हल्का वर्षासँगै हिमपात भएको हो । हाल जिल्लाको तीन हजार मिटर उचाइभन्दा माथिको क्षेत्रमा हल्का हिमपात भइरहेको छ । जिल्लाको तल्लो क्षेत्रमा आंशिक वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएपछि किसान र स्थानीयहरूले भने राहत महसुस गरेका छन् । हिउँविहीन बनेका हिमालहरू हिउँ परेसँगै सेताम्मे भएका छन् ।

जिल्लाका पत्ताले, पिके, नाम्चे, खुम्जुङलगायत स्थानमा हिउँ परिरहेको छ । हिउँदयामभरि हिउँ नपर्दा गर्मी सुरु भइसकेको हिमाली बस्तीहरूमा चिसो महसुस हुन थालेको छ । यद्यपि विगतका वर्षहरूमा झैँ बाक्लो हिउँ नपरेको स्थानीयवासी प्रकाश मगरले बताउनुभयो ।

नाम्चे बजार क्षेत्रमा भने बिहान केही बेर मात्रै हिमपात भएको थियो । बजार क्षेत्रमा हिउँ कमै मात्रामा परे पनि हिमालमा भने हिमपात भइरहेको छ । कालापत्थरमा परिणत भएका हिमालहरू सेताम्मे भएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो । उहाँका अनुसार हिउँ बाक्लो नपरेकाले जमिनमा भने हिउँ जम्न सकेको छैन ।

हिउँदमा वर्षा र हिमपात नहुँदा सिँचाइको अभावले चिन्तित बनेका कृषकहरूले राहत महसुस गरेका छन् । हिउँदे बालीको उत्पादन घट्ने चिन्तामा परेकाहरू आकासे पानी परेसँगै उत्साहित बनेको नेचा सल्यान गाउँपालिकाका कृषक दीपक बस्नेतको भनाइ छ । रासस




भर्खरै