• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा ★   अक्षय कुमारले गरे पत्नी ट्वींकलको तारिफ ★   कोठाभाडा तिर्न नसक्दा कृष्णले मृत्युको बाटो रोजे ★   खेलकुदमन्त्री श्रेष्ठको शेयरमा एक करोड बढी लगानी ★   सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा ★   संसदबाटै बजेट आउने माओवादी सांसदहरुको दाबी ★   डीपी अर्यालको सम्पत्तिः १५० तोला सुन, हिरा १० तोला

सञ्चारमन्त्री रेखा शर्मा र काठमाडौँका मेयर बालेन्द्र शाहबीच भेटवार्ता



काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बीच आज भेटवार्ता भएको छ। उक्त भेटमा विषेश गरि दुईवटा विषयमा छलफल भएको थियो।

पहिलो, काठमाडौँ महानगर भित्रको तार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि मन्त्री र मेयर बीच छलफल भएको छ। अव्यवस्थित तारले शहरको सुन्दरता नै घटाएको हुँदा, त्यसलाई कसरी नियमन गर्दै व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको छ।

देस्रो, त्यसलाई व्यवस्थित गर्नलाइ कारबाहिको दायरासम्म ल्याउनु पर्ने विषयमा उहाँहरु बीच छलफल भएको छ। मन्त्री शर्माले यसलाई नियमन गर्ने ऐन बनिरहेको र त्यसलाई चाँडै समितिमा पठाउने कुरा गर्नु भएको छ। त्यसअघि हाल मौजुदा कानुन र श्रोत साधनलाई प्रयोग गरि मन्त्रालयको संयोजनमा सरोकारवालाहरु सँग छलफल गरेर तत्कालै तारलाई कसरी व्यवीस्थत गरेर शहरको सुन्दरता बढाउने भन्ने विषयमा पनि छलफल भएको थियो।

जनताले पाउने सहि सूचनाको हक सूनिश्चिता हुनु पर्यो र व्यापक रुपमा बढिरहेको फेक न्युजलाइ कसरी मनिटर गर्ने विषयलाई लिएर पत्रपत्रिका, टेलिभिजन, रेडियो, सामाजिक संजाल, यूट्यूबलाई व्यवस्थित गर्ने भन्नेमा छलफल भएको छ। यसरी राज्यको मातहतमा नअएको कर पनि संकलन गर्न सकिने कुरा भयो।

साथै, गुगल, फेसबुक, टुइटर, यूट्यूब लगायतका संजालहरुको नेपालमा कार्यलय पनि खोल्न पहल गर्ने विषयमा छलफल भएको छ। र उहाँहरु बीच राज्यसँग भएको डाटालाई कसरी सुरक्षीत गर्न सकिन्छ भन्ने पनि कुरा भएको छ।