११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४.५५ अंकले वृद्धि



symbolic picture
अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोकारको दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।

पछिल्लो एक साता निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक आईतवार सकारात्मक देखिएको छ । आईतवार नेप्से परिसूचक ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा आएको पुगेको छ ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.१३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंकले वृद्धि र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२५ अंक घटेको छआईतवार कारोबारमा आएका २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता शेयर २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक नकारात्मक देखिएको छ भने ८ वटा उपसमूहको परिसूचकमा सकारात्मक देखिएको छ । लघुवित्त वित्तीय संस्थाहरुको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । लघुवित्त उपसहुको सूचक २.७८ प्रतिशतले बढेको छ भने फाइनान्स,होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, अन्य, लगानी र निर्जीवन बीमा उपसमूहको सूचक सकरात्मक भएका छन् । यता व्यापार उपसमुहको सूचक १.४० प्रतिशतले घटेको छ ।

आइतवार नेप्से परिसूचक बढेसँगै विजय लघुवित्तको शेयरमूल्य ७.९४ अंकले बढेको छ । यस्तै ग्रिन डेभलपमेण्ट बैंक, अभियान लघुवित्त, मिर्मिरे लघुवित्त आराम्भ चौतारी लघुवित्तलगायतको शेयरमूल्य बढेको छ । यता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.३६ प्रतिशतले घटेको छ । आइतवार हिमालयन डिस्टीलरीको १० करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।