५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता खनाल स्वदेश फिर्ता



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल बङ्गलादेशबाट शनिबार स्वदेश फिर्ता भएका छन् ।

बङ्गलादेशको ढाकास्थित सर्वोच्च अदालत परिसरमा सार्क हुमेन राइट्स फाउण्डेशनको आयोजनमा ‘मानव अधिकार सम्मेलन–२०२३’ लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गरेर उनी शनिबार राति स्वदेश फर्किएका हुन् । उनी बिहीबार बङ्गलादेश प्रस्थान गरो थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सम्मानित नेता खनालले बङ्गलादेश–नेपालबीच अति सुमधुर, बहुआयामिक सम्बन्ध रहेको र पारवहन सुविधा दिएको बताए । यसैगरी बङ्गलादेशमा यही वर्षको डिसेम्बरमा हुन गइरहेको निर्वाचनमा विभिन्न मुलुकबाट पर्यवेक्षकहरू आउने र नेपालले पनि उक्त निर्वाचनमा पर्यवेक्षक पठाउने बङ्गलादेशले अपेक्षा लिएको नेता खनालले जानकारी गराए ।

भ्रमणका क्रममा बङ्गलादेशको मानवअधिकारका विषयमा जानकारी दिनुका साथै निर्वाचन आयोगमा पनि पुगेको उनले जानकारी दिए । डिसेम्बरमा बङ्गलादेशमा हुने निर्वाचन निष्पक्ष, धाँधलीरहित तरीकाबाट कसरी गर्ने भन्ने तयारीमा त्यहाँका मानवअधिकारवादी, निर्वाचन आयोग लागि परेको उनले बताए । रासस