५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीजी मसँगै जेल बस्नुभएको हो, अन्तिमसम्म सहयोग गर्नुहुन्छ: रामचन्द्र पौडेल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको छ ।

शुक्रवार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले संविधानको अक्षर र भावनालाई अक्षरस पालना गर्नु आफ्नो कर्तव्य हुने बताउनुभएको हो । गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतामा आएको सार्वभौमसत्तालाई बलियो र सुरक्षित राख्नुपर्ने अवस्था आएको भन्दै उहाँले त्यसनिम्ति आफ्नो भुमिका हुने बताउनु भयो । उहाँले राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई सबल बनाउन आफ्नो सहयोग हुने बताउनु भयो । त्यस्तै राष्ट्रिय एकताको लागि पनि आफ्नो भुमिका हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘नेपालको संविधान २०७२ को अक्षर र भावनालाई अक्षरस: पालना गर्ने मेरो कर्तव्य हो । देशको संविधानको रक्षा गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई साकार गर्ने र गणतन्त्रलाई संस्थागत गर्ने अहिलेको चुनौति छ । गणतन्त्र संस्थागत गर्नुपरेको छ । नेपाली जनताको हकमा आएको सार्वभौमसत्तालाई बलियो गरेर सुरक्षित राख्नुपर्ने छ । नेपालमा आएको परिवर्तनको रक्षा गर्दै नेपालको उन्नतिलाई अगाडी बढाउने, नेपाली जनताको उन्नति, नेपाल राष्ट्रको एकता र राष्ट्रिय अखण्डता, राष्ट्रलाई जोगाउने । राष्ट्रियतालाई सबल बनाउने काममा मेरो सहयोग हुन्छ । मैले अपेक्षा गरेको हो सर्वसम्मत हुन् । सम्भवत् त्यो पनि चुनावको दिनसम्म हुन्छ की । त्यसमा म कोशिस गर्दैछु । एमाले अध्यक्ष पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय । पुरानो साथी हो । उहाँले पनि यो राष्ट्रमा सबैको साझा पद बनाउनलाई उहाँले योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छु ।’

उहाँले राष्ट्रपति निर्वाचनको दिनसम्ममा आफू सर्वसम्मत निर्वाचित हुन कोसिस गर्ने बताउनु भयो । वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो साथी भएको स्मरण गर्दै आफूलाई सर्वसम्मत बनाउन ओलीको योगदान हुनेमा विश्वास व्यक्त गर्नुभयो ।