२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिमा समर्थन माग्न रामचन्द्र पौडेल पुगे रवि लामिछाने निवास



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

पौडेलले राष्ट्रपतिमा उम्मेदवार बनाउने पार्टीको निर्णयसँगै लामिछानेको हात्तिगौंडास्थित निवासमा पुगेर भेट गरेका हुन् ।

भेटमा पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न रास्वपा सभापति लामिछानेलाई आग्रह गरेका छन् । जवाफमा लामिछानेले पार्टीमा छलफल गरेर निर्णय गर्ने जानकारी दिएका छन् ।

नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति गरिसक्दा रास्वपाले भने आफ्नो निर्णय अहिलेसम्म सार्वजनिक गरेको छैन ।