२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक जारी



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमा राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न बैठक केहीबेर अघि सुरु भएको हो ।

बैठकमा राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । आज राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता हुँदैछ भने यही फागुन २५ गते निर्वाचन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुरानै गठबन्धनमा फर्किएपछि एमालेले सरकारबाट बाहिरिने तयारी गरेको छ ।