• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार ★   हरेक निर्वाचन क्षेत्रमा कम्तिमा ३ र बढीमा ४ योजनामा बजेट विनियोजन गर्नेगरी नीति बनाउनुपर्छः भगवती… ★   ब्ल्याकमेलिङको राजनीतिक नगर्न रविलाई काँग्रेस सांसद बस्नेतको चेतावनी ★   संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँः राष्ट्रिय सभा सदस्य गौतम ★   अस्पतालबाट डिस्चार्ज भए शत्रुघ्न सिन्हा ★   हरेक निर्वाचन क्षेत्रका चार वटा योजनामा बजेट विनियोजन गर्नुपर्ने नीति बनाउनुपर्छ: सांसदहरु ★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस्

सर्वोच्चले सन्दीपलाई विदेश जाने अनुमति दिएन



काठमाडौँ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेले विदेश जान अनुमति दिएन । बिदेश जान लगाइएको रोक हटाउन हालेको निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ पछि ईजलासले यस्तो आदेश दिएको हो ।

ईजलासले सन्दीपलाई धरौटीमा छाड्ने आदेश विरुद्ध सरकारले दिएको पुनरावेदन साथै यो मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ ।

उच्च अदालतले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान रोक लगाएको थियो । त्यही कारण आइसीसी विश्वकप लिग–२ को युएईमा हुने त्रिकोणात्मक शृंखला खेल्न उनी युएई जान नपाउने भएकाले उक्त रोक हटाउन माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारले पुनरावेदन दिएको थियो र उक्त मुद्दाको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयालको इजलासमा तोकिएको थियो । तर यो रिट भने शुक्रबार हेर्न नभ्याइनेमा परेको छ ।