• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार ★   हरेक निर्वाचन क्षेत्रमा कम्तिमा ३ र बढीमा ४ योजनामा बजेट विनियोजन गर्नेगरी नीति बनाउनुपर्छः भगवती… ★   ब्ल्याकमेलिङको राजनीतिक नगर्न रविलाई काँग्रेस सांसद बस्नेतको चेतावनी

सन्दीपको निवेदनबारे सुनुवाइ सुरु



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले विदेश जान लगाइएको रोक हटाउन हालेको निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ सुरु भएको छ ।

उच्च अदालतले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान रोक लगाएको थियो । त्यही कारण आइसीसी विश्वकप लिग–२ को युएईमा हुने त्रिकोणात्मक शृंखला खेल्न उनी युएई जान नपाउने भएकाले उक्त रोक हटाउन माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारले पुनरावेदन दिएको थियो र उक्त मुद्दाको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयालको इजलासमा तोकिएको थियो । तर यो रिट भने शुक्रबार हेर्न नभ्याइनेमा परेको छ ।