२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा

बुधबार नेप्से परिसूचक १९.८४ अंकले गिरावट

बुधबार नेप्से परिसूचक १९.८४ अंकले गिरावट
अ अ+ अ-

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक बुधबार गिरावट आएको छ ।

आइतबार ५०.३० अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार १९.८४ अंकले घटेर २ हजार ७३४.४४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.४७ अंक, फ्लोट इण्डेक्स ३.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंकले गिरावट आएको छ ।  

बुधबार कारोबारमा आएका २३१ कम्पनीको ५६ लाख ५२ हजार २८२ कित्ता शेयर ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । मंगलबार  ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेको १३ उपसमूहमध्ये ११ उपसमूह राताम्मे भएको छ भने अन्य उपसमूह र निर्जिवन बिमा उपसमूहको सूचक ०.१४ प्रतिशतले बढेको छ । जसमध्ये सबैभन्दा धेरै जलविद्युत उपसमूहको परिसूचकमा सामान्य वृद्धि भएको छ । जसमा अन्य उपसमूह ०.४४ र निर्जिवन बिमा उपसमूहको सूचक ०.१४ प्रतिशतले बढेको छ । बाँकी सबै उपसमूहको परिसूचक राताम्मे भएको छ ।

बुधबारको कारोबारमा नेप्से परिसूचक गिरावट भए पनि गुराँस लद्युवित्त वित्तीय संस्थाको शेयरमूल्य ३.४४ प्रतिशतले बढेको छ । त्यस्तै ज्याती लाइभ इन्स्योरेन्स कम्पनीको ३.२३ प्रतिशत, एनआईसी एसिया ब्यालेन्स्ड फण्ड २.८७ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको २.७९ प्रतिशतले बढेको छ । तर, एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा बढी ५.९६ प्रतिशतले गिरावट आएको छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावर, मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री गरेर अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । नेशनल हाइड्रोपावरको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।