४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

बुधबार नेप्से परिसूचक १९.८४ अंकले गिरावट

बुधबार नेप्से परिसूचक १९.८४ अंकले गिरावट
अ+ अ-

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक बुधबार गिरावट आएको छ ।

आइतबार ५०.३० अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार १९.८४ अंकले घटेर २ हजार ७३४.४४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.४७ अंक, फ्लोट इण्डेक्स ३.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंकले गिरावट आएको छ ।  

बुधबार कारोबारमा आएका २३१ कम्पनीको ५६ लाख ५२ हजार २८२ कित्ता शेयर ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । मंगलबार  ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेको १३ उपसमूहमध्ये ११ उपसमूह राताम्मे भएको छ भने अन्य उपसमूह र निर्जिवन बिमा उपसमूहको सूचक ०.१४ प्रतिशतले बढेको छ । जसमध्ये सबैभन्दा धेरै जलविद्युत उपसमूहको परिसूचकमा सामान्य वृद्धि भएको छ । जसमा अन्य उपसमूह ०.४४ र निर्जिवन बिमा उपसमूहको सूचक ०.१४ प्रतिशतले बढेको छ । बाँकी सबै उपसमूहको परिसूचक राताम्मे भएको छ ।

बुधबारको कारोबारमा नेप्से परिसूचक गिरावट भए पनि गुराँस लद्युवित्त वित्तीय संस्थाको शेयरमूल्य ३.४४ प्रतिशतले बढेको छ । त्यस्तै ज्याती लाइभ इन्स्योरेन्स कम्पनीको ३.२३ प्रतिशत, एनआईसी एसिया ब्यालेन्स्ड फण्ड २.८७ प्रतिशत र युनाइटेड इन्स्योरेन्सको २.७९ प्रतिशतले बढेको छ । तर, एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा बढी ५.९६ प्रतिशतले गिरावट आएको छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावर, मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री गरेर अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । नेशनल हाइड्रोपावरको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।