२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारको बैठक सकियो, ५ बजेको बैठकपछि हामी एकै ठाउँ उभिन्छौं :गगन थापा(भिडियोसहित)



अ+ अ-

काठमाडौं । बालुवाटारमा जारी चार दलको बैठक फेरि पाँच बजे बस्नेगरी सकिएको छ ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगन थापाले पाँच बजे बस्ने बैठक राष्ट्रपति टुंग्याउने बताए ।

महामन्त्री थापाले कांग्रेससहित चारै दलले राष्ट्रपतिमा आ-आफ्नो प्रस्ताव राखेको बताएका छन् । यद्यपी उनले आकांक्षी नामबारे केही खुलाएनन् । ‘सबैले आ-आफ्नो दलमा छलफल गरेर भरे ५ बजे बस्छौं । भरे ५ बजेको बैठकपछि हामी एकै ठाउँ उभिन्छौं’, गगनले भने ।

छलफल सकारात्मक रहेको र पाँच बजेपछि ठोस निर्णय गर्ने बताए । ‘कांग्रेसले माओवादी, नेकपा एस र जसपासँग छलफल गरेका छौं । विभिन्न विकल्पबारेमा प्रस्ताव आएको छ । छलफल सकारात्मक छ ।’, गगनले भने, ‘फेरि आआफ्नो दलमा साँझ पाँच बजे बस्नेगरी टुंग्याउछौं। पाँच बजे बसेर एकैठाउँमा उभिएर ठोस निर्णय गर्ने बताए ।