२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

नेपालका लागि पूर्वब्रिटिस राजदूतले आत्महत्या गरेको अदालती सुनुवाइको निष्कर्ष

नेपालका लागि पूर्वब्रिटिस राजदूतले आत्महत्या गरेको अदालती सुनुवाइको निष्कर्ष
अ अ+ अ-

बीबीसी । ब्रिटेनको कोभिडसम्बन्धी सरकारी कार्यदलमा काम गरिरहँदा बेपत्ता भएका एक जना कूटनीतिज्ञले आत्महत्या गरेको एउटा मृत्युको घटनामा हुने अदालती सुनुवाइबाट पत्ता लागेको छ।

रिचर्ड मोरिसको शव बेन्ट्ली ह्याम्पसीअरस्थित उनको घरनजिकै अगस्ट २०२० मा फेला परेको थियो।

नेपालका लागि पूर्व ब्रिटिस राजदूत रहेका मोरिस ५२ वर्षका थिए। उनी उक्त क्षेत्रमा सन् २०२० मे ६ मा अन्तिम पटक दौडिरहेको अवस्थामा देखिएका थिए।

विन्चेस्टरस्थित मृत्युको घटनामा हुने अदालती सुनुवाइमा मृत्युअघि उनी ‘गम्भीर तनाव’मा रहेको जानकारी दिइएको थियो।

तनाव र चिन्ताको पृष्ठभूमि
उनले दैनिक लामो समयसम्म काम गर्नुपरेको, यूकेले कोरोनाभाइरसको महामारीको शक्तिशाली पहिलो लहरको सामना गरिरहँदा उनले मन्त्रीहरूलाई दिने बिफ्रिङ्गको समन्वय गर्नु परिरहेको उक्त सुनुवाइलाई जानकारी गराइएको थिए।

मङ्गलवार उक्त सुनुवाइको अध्यक्षता गरिरहेका कोरोनरले मोरिसले यूकेको विदेश मन्त्रालयमा काम गर्दा तनाव बेहोरेपछि भविष्यका चिन्ताका माझ आफ्नो ज्यान आफैँ लिएको ठहर गरेका थिए।

वरिष्ठ कोरोनर क्रिश्टोफर विल्किन्सनले भने, ‘रिचर्ड मोरिसले गम्भीर र निरन्तर तनाव बेहोरेपछि आफ्नो ज्यान आफैँ लिए।’

‘रिचर्डले वृहत् कार्यदल र एफसीडीओले एकदमै द्रुत रफ्तारमा फैलिरहेको महामारीको अप्ठेरो परिस्थितिमा काम गरिरहेको म बुझ्न सक्छु।’

कोरोनाभाइरसको सङ्कट देखिएको प्रारम्भिक अवस्थामा कार्यदलले गरेको कामलाई उनले ‘विमान निर्माण भइरहेको समयमै त्यसलाई उडाउनुसँग’ तुलना गरे।

विल्किन्सनले मोरिसको आफ्नो क्षमता अनुसार उत्कृष्ट प्रदर्शन गर्ने चाहना, तनाव र चिन्ता लिने पृष्ठभूमिलाई पनि उल्लेख गरेका थिए।

सहज घुलमिल हुने व्यक्ति
विगतमा उक्त सुनुवाइमा राजदूत मोरिसकी श्रीमती एलिसन मोरिसले आफ्ना श्रीमानले द्रुत गतिमा घटनाक्रम विकास भइरहेकाले सूचना ग्रहण गर्न समेत पर्याप्त समय नभएको चिन्ता प्रकट गरेका र आफ्ना कारणले कुनै पनि गलत सूचना पुगे सरकारलाई ‘सञ्चारमाध्यमले कडा आलोचना गर्ने’ उल्लेख गरेकी थिइन्।

त्यसको परिणामस्वरूप ‘उनी एकदमै उत्कृष्ट काम गर्न लालायित रहेको र कुनै पनि दिन पूर्ण रूपमा बिदा नलिई काम गरिरहेको’ उनले बताएकी थिइन्।

उनले आफ्ना श्रीमान् सहजै घुलमिल हुने र अरूसँग अन्तर्क्रिया गर्न रुचाउने व्यक्ति भएको उल्लेख गरिन्।

‘उनी साँच्चै नै मानिसहरूमा रुचि राख्थे। भाषाको अवरोध हुँदा समेत उनको दया र करुणा प्रस्ट झल्कन्थ्यो।’