१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

नेपालका लागि पूर्वब्रिटिस राजदूतले आत्महत्या गरेको अदालती सुनुवाइको निष्कर्ष

नेपालका लागि पूर्वब्रिटिस राजदूतले आत्महत्या गरेको अदालती सुनुवाइको निष्कर्ष
अ अ+ अ-

बीबीसी । ब्रिटेनको कोभिडसम्बन्धी सरकारी कार्यदलमा काम गरिरहँदा बेपत्ता भएका एक जना कूटनीतिज्ञले आत्महत्या गरेको एउटा मृत्युको घटनामा हुने अदालती सुनुवाइबाट पत्ता लागेको छ।

रिचर्ड मोरिसको शव बेन्ट्ली ह्याम्पसीअरस्थित उनको घरनजिकै अगस्ट २०२० मा फेला परेको थियो।

नेपालका लागि पूर्व ब्रिटिस राजदूत रहेका मोरिस ५२ वर्षका थिए। उनी उक्त क्षेत्रमा सन् २०२० मे ६ मा अन्तिम पटक दौडिरहेको अवस्थामा देखिएका थिए।

विन्चेस्टरस्थित मृत्युको घटनामा हुने अदालती सुनुवाइमा मृत्युअघि उनी ‘गम्भीर तनाव’मा रहेको जानकारी दिइएको थियो।

तनाव र चिन्ताको पृष्ठभूमि
उनले दैनिक लामो समयसम्म काम गर्नुपरेको, यूकेले कोरोनाभाइरसको महामारीको शक्तिशाली पहिलो लहरको सामना गरिरहँदा उनले मन्त्रीहरूलाई दिने बिफ्रिङ्गको समन्वय गर्नु परिरहेको उक्त सुनुवाइलाई जानकारी गराइएको थिए।

मङ्गलवार उक्त सुनुवाइको अध्यक्षता गरिरहेका कोरोनरले मोरिसले यूकेको विदेश मन्त्रालयमा काम गर्दा तनाव बेहोरेपछि भविष्यका चिन्ताका माझ आफ्नो ज्यान आफैँ लिएको ठहर गरेका थिए।

वरिष्ठ कोरोनर क्रिश्टोफर विल्किन्सनले भने, ‘रिचर्ड मोरिसले गम्भीर र निरन्तर तनाव बेहोरेपछि आफ्नो ज्यान आफैँ लिए।’

‘रिचर्डले वृहत् कार्यदल र एफसीडीओले एकदमै द्रुत रफ्तारमा फैलिरहेको महामारीको अप्ठेरो परिस्थितिमा काम गरिरहेको म बुझ्न सक्छु।’

कोरोनाभाइरसको सङ्कट देखिएको प्रारम्भिक अवस्थामा कार्यदलले गरेको कामलाई उनले ‘विमान निर्माण भइरहेको समयमै त्यसलाई उडाउनुसँग’ तुलना गरे।

विल्किन्सनले मोरिसको आफ्नो क्षमता अनुसार उत्कृष्ट प्रदर्शन गर्ने चाहना, तनाव र चिन्ता लिने पृष्ठभूमिलाई पनि उल्लेख गरेका थिए।

सहज घुलमिल हुने व्यक्ति
विगतमा उक्त सुनुवाइमा राजदूत मोरिसकी श्रीमती एलिसन मोरिसले आफ्ना श्रीमानले द्रुत गतिमा घटनाक्रम विकास भइरहेकाले सूचना ग्रहण गर्न समेत पर्याप्त समय नभएको चिन्ता प्रकट गरेका र आफ्ना कारणले कुनै पनि गलत सूचना पुगे सरकारलाई ‘सञ्चारमाध्यमले कडा आलोचना गर्ने’ उल्लेख गरेकी थिइन्।

त्यसको परिणामस्वरूप ‘उनी एकदमै उत्कृष्ट काम गर्न लालायित रहेको र कुनै पनि दिन पूर्ण रूपमा बिदा नलिई काम गरिरहेको’ उनले बताएकी थिइन्।

उनले आफ्ना श्रीमान् सहजै घुलमिल हुने र अरूसँग अन्तर्क्रिया गर्न रुचाउने व्यक्ति भएको उल्लेख गरिन्।

‘उनी साँच्चै नै मानिसहरूमा रुचि राख्थे। भाषाको अवरोध हुँदा समेत उनको दया र करुणा प्रस्ट झल्कन्थ्यो।’