३० भाद्र २०८३, मंगलवार
,
Latest
रवि लामिछाने आब्हानमा बुधबार सर्वदलीय बैठक बस्दैं ‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने कोशी प्रदेश सरकारको निर्णय दुर्घटनामा दुई जनाको मृत्यु कृष्णभीरमा तत्काल सडक खुलाउने प्रयास, दीर्घकालीन समाधान भने चुनौतीपूर्ण: माटोविज्ञ इन्जिनियर न्यौपाने शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता आइजीपी कार्कीविरुद्ध सासंद सुनारले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन गुठी जग्गासम्बन्धी विधेयक छिट्टै संसदमा पेश गर्छौंः मन्त्री रावल इन्द्रजात्रामा स्वयंसेवक भोकै बस्न नदिने, काठमाडौंमै मुआली बजाउने तयारी भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीशको खतरनाक राजनीतिक मोह !



अ+ अ-

पूर्वप्रधान न्यायाधीश वा न्यायाधीशलाई राष्ट्र्पतिको उम्मेदवार बन्न संविधानले रोकेको छ कि छैन भन्ने सवालमा धेरै माथापच्ची भएको छ ।

अमेरिकामा आजभन्दा ठीक सयबर्षअघि राष्ट्र्पति भइसकेका विलियम होवार्ड ट्र्राफ्ट प्रधान न्यायाधीश भएका थिए । त्यसपछि अरुपनि धेरैले ट्राफ्ट जस्तो बन्ने कोशिस नगरेका होइनन् । भारतमै पनि प्रधान न्यायाधीश भइसकेका व्यक्तिहरु राजनीतिमा आउन नखोजेका होइनन् । तर सकेनन् । नेपालमा परमानन्द झाजस्ता व्यक्ति पनि उपराष्ट्र्पति बनीसकेका छन् । खिलराज रेग्मीको त कुरै छाडौं ।

यो पनि पढ्नुहोस- न्यायाधीशलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन संविधानले रोकेको छैन: न्यायाधीश समाज नेपाल

संविधानको धारा १३२ ले सरकारी नियुक्तिलाई रोकेको हो तर राजनीतिक नियुक्ति, निर्वाचनलाई रोकेको छैन भन्ने प्रश्न पनि उठेको छ । हरेक न्यायाधीश मतदाता वा निर्वाचन अधिकृत हुनसक्छ । न्यायाधीशभित्र पनि राजनीतिक इच्छाशक्ति हुनसक्छ तर त्यो इच्छाशक्ति प्रस्फुटित हुन थाल्यो भने न्यायाधीश राजनीतिज्ञमा परिणत हुन पुग्छ । त्यसैले निर्वाचन अधिकृतले पनि आफूले मन परेको नेता वा व्यक्तिलाई भोट हाल्नु अस्वाभाविक होइन तर निर्वाचन अधिकृत नै मतमाग्न हिड्दै गरेको अवस्था भने उचित हुदैन ।

खिलराज रेग्मी र परमानन्द झापछि अदालतमा नेताको भनसुनमा नियुक्ति हुने र दलमा समेत न्यायाधीशहरुको सहभागीता अस्वाभाविक रुपमा बढ्न थालेको छ । राजनीतिप्रति चासो राख्नु र दल खोल्नुमा जसरी फरक छ । त्यसैगरी मुलुकको राजनीति र न्यायव्यवस्थामा न्यायाधीशहरुले पनि चासो राख्न सक्छन् तर विवाद नआई फैसला गर्दैनन् ।

न्यायाधीशहरुमै कार्यकारी पद खोज्ने र राष्ट्र्पति वा उपराष्ट्र्पति बन्ने मोह खतरनाक छ । यसलाई कुनै न कुनै तवरले रोक्न आवश्यक छ । यहि अवस्था रह्यो भने नेपालको न्यायालय एकदिन पार्टी कार्यालयहरुको अखडा बन्नेछ । त्यसैले त न्यायालयलाई राजनीतिक क्षेत्रमुक्त गर्न ढिला भइसकेको छ ।

-लेखक लुईटेल अधिवक्ता हुनुहुन्छ