• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे ★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही… ★   हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो ★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते

सन्दीपको स्थान अन्य स्पिनरले लिनुपर्छ: कप्तान पौडेल



काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेको स्थान अन्य स्पिनरले लिनुपर्ने बताउनुभएको छ । युएईमा हुन लागेको आइसीसी विश्वकप लिग– श्रृंखलामा मुख्य लेग स्पिनर सन्दीप लामिछाने नहुने भएपछि टोलीका अन्य स्पिनरले जिम्मेवारी लिनुपर्ने बताउनुभएको हो ।

बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै कप्तान रोहितले सन्दीपको स्थान अन्य बलर तथा स्पिनरले लिनुपर्ने बताउनु भयो । उहाँले सन्दीप टोलीको महत्वपूर्ण बलर भएको र ४ खेलमा १३ विकेट लिँदा टोलीलाई सहज भएको बताउनु भयो । सन्दीपको अनुपस्थितिमा टोलीलाई धेरै खाँचो पर्ने तर उनको स्थानलाई अन्य खेलाडीले लिनुपर्ने बताउनु भयो ।

नेपाली राष्ट्रिय क्रिकेट टिम शनिवार युएई भ्रमण गर्दैछ । युएई भ्रमणको क्रममा नेपालले आयोजक युएई र पपुवान्युगिनीसँगै दुई खेलको क्रिकोणात्मक श्रृंखला खेल्ने तालिका रहेको छ । नाबालिक बलात्कारको आरोप लागेको सन्दीपलाई अदालतले विदेश जान रोक लगाएको छ । त्यसैले नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई टिममा समावेश गरेको छैन । भ्रमणको क्रममा नेपालले युएईको भूमिमा चार खेल खेल्नेछ भने लगत्तै नेपाल फर्किएर थप उनै टोलीसँग थप चार खेल खेल्नेछ ।

युएई भ्रमण अन्तगर्तत नेपालले पहिलो खेल २७ तारिखमा पपुवान्युगिनिसँग खेल्नेछ भने दोस्रो खेल २ मार्चमा युएईसँग हुनेछ । यस्तै तेस्रो खेल ३ मार्चमा पपुवा न्युगिनीसँग पुन: हुनेछ भने ६ मार्चमा घरेलु टोली युएईसँग दोस्रो खेले खेलेर स्वदेश फकिर्नेछ ।

लिग–२ मा नेपाल २८ खेलबाट १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ८ खेलमा कम्तिमा ५ खेल जितेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम हुनेछ ।

नेपाली टोली– रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जि.सी र श्याम (मौसम) ढकाल रहेका छन् ।