५ श्रावण २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ भारतमा पहिलो डेङ्गु खोप स्वीकृत पाकिस्तानमा मनसुनी वर्षाका कारण नौ जनाको मृत्यु सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकको आकर्षक गन्तव्य बन्दै सिन्धुपाल्चोकको ओखरेनी



अ+ अ-

चैतारा । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका लाँगर्चेस्थित ओखरेनी डाँडा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।

समुद्री सतहबाट २२५० मिटरको उचाइमा रहेको सो स्थललाई भूकम्पपछि पुन:निर्माण गरी सुन्दर बस्ती बनाइएको थियो । बौद्धमार्गीको बसोबास रहेको यस क्षेत्रमा सेता आकर्षक गुम्बा र स्तूपा छन् । यसले यहाँको सुन्दरतालाई थप अब्बल बनाएको छ ।

बाटैभरी टाँगिएका ध्वजापताका, वरिपरि राता जस्ताका एकैनाश घर, बस्तीको बीचमा रहेको ३५ फिट अग्लो सुन्दर बुद्धमूर्तिका तथा हरेक बिहान देखिने लाङ्टाङ हिमालले यो गाउँलाई थप आकर्षित बनाएको छ । साथै पुस, माघमा बाक्लो हिउँ पर्ने भएकाले पनि यहाँ पर्यटकको आकर्षण झन बढेको छ ।

प्राकृतिक दृश्यका लागि मात्रै नभई अर्गानिक खाद्य तथा नगदेबालीका लागि पनि ओखरेनी प्रख्यात छ । यहाँ आलु, मुला, धान उत्पादन हुन्छ । चिसो ठाउँ भएकाले यहाँ धान नौ महिनामा मात्रै पाक्छ । जङ्गली बँदेलले दु:ख दिन थालेपछि किसानले आलु, मुला लगाउन विस्तारै छाडेका छन् । “यसको विकल्प अहिले किबी खेती सुरु गरिएको छ । गाउँमा अहिले तीन हजारभन्दा बढी बिकीका बिरुवा रोपिएका छन्”, स्थानीय विद्यालयकी शिक्षिका शान्ति शेर्पा भन्नुभयो ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले यो गाउँमा पाइने बँदेल, मृग, कालिज मार्न प्रतिबन्ध छ । त्यसैले पनि स्थानीयवासीले अन्य बालीको विकल्पमा किबी रोजका हुन् । यहाँको हावापानीअनुसार किबीको उत्पादन राम्रो हुने भएकाले पालिकाले पनि बिकी पकेट क्षेत्र घाषणा गरेर किसानलाई प्रोत्साहन गरेको स्थानीय बताउँछन् ।

यहाँ आउने आगन्तुकलाई सम्मानका साथ घरमा नै बास दिने गरिन्छ । पछिल्लो समय यहाँ पर्यटकको चासो बढ्न थालेपछि होमस्टेको तयारीमा छन् स्थानीयवासी । “हामी होमस्टेको तयारीमा छौँ, हामी कर तिर्छौं, त्यसका लागि गाउँपालिकाले सहयोग गर्नुपर्छ”, स्थानीयवासी पदमबहादुर लामाले भन्नुभयो । अहिले ठाउँ अभावका कारण ठूलो सङ्ख्यामा आउने पाहुनालाई रातको समयमा छुट्टाछुट्टै स्थानमा राख्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

काठमाडौँको साँखुदेखि ५८ किलोमिटरको दू्रीमा पर्ने ओखरेनी डाँडा आकर्षक गन्तव्यस्थल भए पनि ओझेलमा परेको छ । काठमाडौँ–बनेपा–पाँचखाल–जिरोकिलो–मेलम्ची–नवलपुर–गुफाडाँडा हुँदै ओखरेनी आएर बास बस्न सकिन्छ । जिल्ला सदरमुकाम चौताराबाट गौराती मन्दिर हुँदै स्याउले बजार पुगेर उकालो लागेपछि मनोरम दृष्य अवलोकन गर्दै सानो ओखरेनी पुग्न सकिन्छ । रासस