• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने ★   मकैबालीलाई फौजी कीराले नष्ट गर्दा किसान चिन्तित ★   सुन मूल्य एक हजार छ सयले बढ्यो, तोलामा कति पुग्यो? ★   ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी ★   अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने ★   राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए ★   रवि लामिछानेविरुद्धको रिटमा आज पनि सर्वोच्चमा सुनुवाइ ★   ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र ★   रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै ★   चुरे विनास भएकोका चिन्ता, संरक्षणको माग

डिउटीमा खटिएका प्रहरी जवानले गरे कन्चटमा गोली हानी आत्महत्या



फाईल फोटो

वीरेन्द्रनगर । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक जना प्रहरी जवानले आफ्नो कन्चटमा गोली हानी आत्महत्या गरेका छन् । बिहीबार राती २:०० बजेतिर डिउटी सकिने बेला उनले आफैँले आफ्नो कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् ।

दार्चुलाको अपी नगरपालिका– ६ घर भई प्रहरी चौकी सुकाटिया कालिकोट दरबन्दी भएका कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत २६ वर्षका कबिन्द्र बिकले आफ्नै कन्चटमा एसएलआर गोली हानी आत्महत्या गरेको प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

बिक बिहान १ बजेदेखि ३ बजेसम्मको समयमा ४ नम्बर प्रहरी पोष्टको डिउटीमा खटिएका थिए । डिउटी सकिने बेलामा बिकले आफैँले बोकेको एसएलआरबाट दाहिने साइडको कन्चटमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको हो ।

घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमाण्डमा ८ जनाको प्रहरी टोली खटाएको छ ।

सुर्खेत प्रहरी प्रमुख एसपी योगेन्द्रसिंह थापाले जवानले के कारणले आत्महत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको बताउनुभयो ।