२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पट फिक्सिङ प्रकरण: महबुब र आदिललाई ३–३ लाख धरौटीमा छाड्न आदेश



अ+ अ-

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले स्पट फिक्सिङ आरोपमा पक्राउ परेका पूर्वक्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारीसहित तीनै जनालाई जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

अदालतले बुधबार थुनछेक बहस गर्दै उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । सो प्रकरणमा ५ जनालाई प्रतिवादी बनाइए पनि २ जना फरार रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ७ विदेशी र ५ नेपालीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न राय दिएपनि काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले भने नेपालीलाई मात्र मुद्दा दर्ता गरेको थियो ।