४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का नेता तथा मुगुका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। 

एकसाताअघि जुम्लाकी ४० वर्षीया एक शिक्षिकाले महिलाले सांसद बानियाँविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी दिएकी थिइन् ।

बाँकेस्थित अप्सरा होटलमा शिक्षिकामाथि जबरजस्ती करणी गरेको आरोप सांसद बानियाँमाथि लागेको छ। 

महिलाको जाहेरीका आधारमा बिहीबार बानियाँविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जबरजस्ती करणी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।