२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय गायिका आस्था गिल, र्‍यापर किङसहितको ‘नेभरल्याण्ड कन्सर्ट’ ले तात्यो रंगशाला– फोटोसहित



अ+ अ-

काठमाडौँ । ग्याल्पो ल्होसारको अवसर पारेर मंगलवार साँझ दशरथ रंगशालामा कन्सर्ट भएको छ ।

मंगलवार दशरथ रंगशालामा ‘नेभरल्याण्ड कन्सर्ट’ भएको हो । कन्सर्टमा भारतीय चर्चित गायिका आस्था गिलसहितका अन्य कलाकारको प्रश्तुती रहेको थियो ।

आयोजित कन्सर्टमा उनले आफ्नो चर्चित गीत संगीतबाट दर्शक रिझाएकी हुन् । कार्यक्रममा गायिका गिलले ‘पानी पानी’, ‘कमरिया’, ‘अभि तो पार्टी शुरु हुई’ लगायत आधा दर्जन बढी गीत प्रश्तुत गरेकी थिइन् । दर्शकले भरिभराउ कन्सर्टम गिलको अलवा सृष्टि तवाडे र नेपाली डान्स ग्रुप एभेरष्ट लगायतले प्रश्तुति दिएका थिए ।

अबेर रातीसम्म चलेको कन्सर्टमा भारतीय चर्चित र्‍यापर किङ, डिभाइन लगायत थुप्रैले समेत प्रश्तुति राखेका थिए । कन्सर्टमा दर्शकहरुले रमाइलो गरी उफ्रिउफ्रि नाचेर कन्सर्टको मनोरञ्जन लिएका थिए । दर्शकका लागि बेग्लै किसिमको सांगीतिक माहोल मिलोस् भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार समेटेर रंगशालामा कन्सर्ट आयोजना भएको हो ।

आयोजकले कन्सर्टले सांगीतिक पर्यटन बढाउने उद्देश्य राखेको छ ।