७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि

एमसीसी संशोधन र परिमार्जन गरेर मात्रै पास गर्नुपर्ने- देव गुरुङ (भिडियो)

एमसीसी संशोधन र परिमार्जन गरेर मात्रै पास गर्नुपर्ने- देव गुरुङ (भिडियो)
अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले एमसीसी संशोधन र परिमार्जन गरेर मात्रै पास गर्नुपर्ने बताउनु भयो । बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै सांसद गुरुङले एमसीसीको विषयलाई संसदमा राष्ट्रिय सहमति अनुसार टेबुल गराइ छलफल गर्नुपर्ने बताउनु भयो ।

नेता गुरुङले संसद अवरुद्ध भएकोले एमसीसीको विषय विधिको शासनलाई कार्यान्वयन गरेर संसदमा राष्ट्रिय सहमतिअनुसार टेबुल गर्नुपर्ने बताउनु भयो । उहाँले संसद सुचारुरुपमा सञ्चालन नभएसम्म कुनै पनि राष्ट्रिय एजेण्डा संसदमा टेबुल गर्न नमिल्ने तर्क समेत गर्नु भयो ।

सांसद गुरुङले भन्नुभयो, ‘राष्ट्रिय हीत प्रतिकुलका प्रावधानहरु रहेको हुनाले संशोधन र परिमार्जनको लागि पहल गरौँ । वार्ता गरौँ, कुराकानी गरौँ । जति संशोधन, परिमार्जन गर्न सकिन्छ, त्यो प्रयास गरौँ । त्यसको आधारमा राष्ट्रिय सहमति जुटाउने कोशिष गरौँ । त्यही राष्ट्रिय सहमतिको आधारमा हघि बढौँ । उहाँले अहिले तत्काल नै टेबुल गर्ने कुरा गर्नुभयो । तत्काल टेबुल गर्नलाई सहमति जुटेकै छैन । दोस्रो कुरा अवरुद्ध छ । प्रतिपक्षले सदन अवरुद्ध गरिरहेको अवस्था छ । यो अवस्थामा सदन सुचारु हुँदैन । संसद सुचारु नभएको अवस्थामा कुनै पनि विधेयकहरु, सन्धि सम्झौता जस्ता एजेण्डाहरु केही पनि अघि बढ्दैन । यो पाल्र्यामेन्ट्री डेमोक्रेसीको विगतदेखिकै अभ्यास गर्दै आइरहेको कुरा हो ।

अहिले हामी सरकारमा छौँ भनेर एउटा कुरा गर्ने, भोलि प्रतिपक्षमा हुँदा अर्को अभ्यास गर्ने कुरा आउँदैन । प्रतिपक्ष वा सरकारमा भए पनि विधिको शासनलाई फलो गर्नुपर्छ । त्यसकारण लोकतन्त्रमा विधिको शासनलाई फलो गर्नुपर्छ । नाम विधायिका भन्ने अनि विधिको मान्यतालाई फलो नगर्ने ? प्रतिपक्षले सदन अवरुद्ध गरिरहेको अवस्थामा सदन सुचारु हुँदैन । सदन सुचारु नहुँदा एजेण्डा टेबुल गर्ने भन्ने कुरा नै मिल्दैन । सदन खुलिसकेपछि एजेण्डाको सन्दर्भमा सहमति गर्ने कुराको सन्दर्भमा पनि नर्मल रुपमा संविधान सम्मत, विधि, कानूनसम्मत, ऐन र परम्परागत प्राक्टिससम्मत विषयहरुको सन्दर्भमा एजेण्डा आइसकेपछि सहज ढंगले सभामुखले प्रक्रिया अघि बढाउनु हुन्छ । संविधानलाई नै प्रभावित पार्ने खालका विषयहरु त्यस्ता सन्दर्भमा टेबुलमा लैजान पनि राष्ट्रिय सहमति गर्नुपर्छ । यसमा विधिको शासनलाई फलो गर्ने की, विधि विहीन ढंगल कसलाई जे मन छ त्यही ढंगले टेबुल गर्ने ? त्यसैले विधिसम्मत ढंगले जानुपर्छ ।’