• २३ जेष्ठ २०८१, बुधबार
  •      Wed Jun 5 2024
  •   Unicode
Logo
Latest
★   घट्न थाले अन्नपूर्ण पदमार्गमा पर्यटक ★   हुरीले मकै बालीमा क्षति ★   प्रधानमन्त्री बजेट निर्माणमा उदासिन देखिएसम्म बजेट काम लाग्ने डकुमेण्ट बन्दैन: महामन्त्री थापा ★   रोहितलाई आज धोनीको रेकर्ड तोड्ने मौका ★   तीनकुनेको घरमा लागेको आगो नियन्त्रणमा ★   गगन थापाको प्रश्न: ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यको आधार के हो ? ★   अमेरिकामा रायडेनलाई स्वर्ण ★   प्रधानमन्त्री मोदीले दिए राष्ट्रपतिसमक्ष राजीनामा, मन्त्रिपरिषद् भंग गर्न सिफारिस ★   चन्द्रागिरिमा वनजाई, चुत्रो र टिम्बुरका बिरुवा लगाइयो ★   चुरे संरक्षण अभियानमा काँग्रेस नेता महरको ऐक्यवद्धता, सरकारले ध्यान नदिएको आरोप

क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई



फाईल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री दाहालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली नेपालले स्कटल्याण्डविरुद्ध २ विकेटको जित निकाल्दै सिरिज क्लिन स्वीप गरेकोमा बधाई दिनु भएको हो ।

उहाँले भन्नुभएको छ ‘आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जीत हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टीमलाई हार्दिक बधाइ ज्ञापन गर्दै सम्पूर्ण खेलाडीहरूको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

यसअघि प्रधानमन्त्री दाहालले नेपाली टिमलाई हार्दिक बधाइ ज्ञापन गर्दै उत्कृष्ट खेलाडीहरूलाई सरकारको तर्फबाट प्रोत्साहित र पुरस्कृत गरिने विश्वास दिलाउनुभएको थियो ।

नेपालले मंगलबार आफ्नो अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध २ विकेटले जित निकाल्दै त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बनेको छ । यस्तै आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमै पहिलो पटक लगातार चार खेल जित्न नेपाल सफल रह्यो । अर्कोतर्फ नेपाल विश्वकप लिग टू को पूरा सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली समेत बनेको छ ।