२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमिकस क्युरीमा वैद्यः ‘प्रतिनिधिसभाले केपी ओलीलाई घर जाउ भनेको हो’



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सम्पन्न भएको छ । बहस सम्पन्न भएपछि संवैधानिक इजलासले एमिकस क्युरीको राय लिँदै छ । 

एमिकस क्युरीको तर्फबाट राय दिँदै वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घर जाउ भनेको बताएका छन् । 

वैद्यले भने –‘विश्वासको मत नपाएर अस्वीकृत भैसकेको अवस्थामा फेरि नयाँ अवतारको रुपमा प्रधानमन्त्री नियुक्त गर्न पाइन्छ भनेर संविधानले भनेको छैन, उहाँ (प्रधानमन्त्री केपी शर्मा ओली)लाई घर जाउ भनेको हो ।’

विश्वासको मत गुमाएपछि राष्ट्रपतिले धारा ७६ (३) अनुसार पुनः केपी शर्मा ओलीलाई गरेको नियुक्ति असंवैधानिक भएको वैद्यको तर्क छ । 

‘वैशाख २७ मा विश्वासको मत गुमाउँदा प्रधानमन्त्री (केपी शर्मा ओली) दलको नेता नै थिए, दलको नेता परिवर्तन नै नभई त्यहि व्यक्ति फेरी कसरी ७६ (३) अनुसार नियुक्त हुन सक्नुहुन्छ ?’ वैद्यले प्रश्न गरे ।