६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 21.36

Wind: 1.03

Humidity: 73

Latest
चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता: ‘शेइयान२७’ उपग्रह प्रक्षेपण वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह बुटवलमा एक युवतीमाथि गोली प्रहार छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक रामकुमारी झाँक्रीको आक्रोस– ‘अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो’ राप्रपाका महामन्त्री धवलशमशेर जबरा रिहा हुँदै शिक्षक मागबारे सरकारलाई दबाब दिन कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले गरायो सभापति देउवाको ध्यानाकर्षण विश्वकपमा पुग्न नेपालले आज अफगानिस्तानसँग निर्णायक खेल खेल्दै सञ्चारिका समूहको अध्यक्षमा पन्थी निर्वाचित काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएपछि मन्त्री फेर्ने गृहकार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा क्षेत्रमा अहिलेको बजेट पर्याप्त छैन: उपप्रधानमन्त्री श्रेष्ठ



अ+ अ-

गोरखा । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रका लागि अहिले विनियोजन हुँदै आएको बजेट पर्याप्त नभएको बताउनु भएको छ । गोरखा सदरमुकाममा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन गोरखाको साताँै जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्नुहुँदै उहाँले शिक्षा क्षेत्रको विकासका लागि बजेट पर्याप्त नभएको बताउनुभएको हो ।

“शिक्षालाई विकास र समृद्धिको मुख्य कडी मान्ने तर शिक्षा क्षेत्रमा लगानी बढाउन तयार नहुने यो अन्तरविरोधलाई कायम राखेर हाम्रो समृद्धिको लक्ष्य पूरा हुन सक्दैन”, उप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “बरु रेल बनाउने कार्य केही समय रोके हुन्छ तर मुख्य जग शिक्षालाई उन्नत बनाउन एकीकृत योजना चाहिन्छ, त्यसका निम्ति साधन स्रोतको पनि व्यवस्था गर्नुपर्छ ।”

उहाँले अहिलेको लगानी असाध्यै अपूर्ण रहेको भन्दै शिक्षामा लगानी गर्न कन्जुस्याइँ गरे देश बन्न नसक्ने बताउनुभयो । “सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन सकेमात्र शिक्षा क्षेत्रलाई समाजवादको दिशामा अगाडि बढाउन सकिन्छ”, उप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “देश रुपान्तरणमा शिक्षा क्षेत्रको विकास महत्वपूर्ण पाटो हो ।”

उहाँले विदेसिएका युवाहरुलाई स्वदेश फर्काउनका लागि समृद्ध नेपाल निर्माण गर्नसक्नुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रको विकासका लागि शिक्षकलाई प्रविधिमैत्री बनाउँदै उनीहरुको क्षमता विकासमा जोड दिनुपर्ने आवश्यकता रहेको उपप्रधानमन्त्री श्रेष्ठले औँल्याउनुभयो ।

उप्रधानमन्त्री श्रेष्ठले शिक्षकहरुले नेपालको राजनीति परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रंशसासमेत गर्नुभयो । उहाँले अहिलेको मुख्य काम सामाजिक न्यायसहितको समृद्धि भएको भन्दै समृद्धिको लक्ष्य प्राप्तिका लागि शिक्षा क्षेत्रको आमूल परिवर्तन पहिलो आवश्यकता रहेको बताउनुभयो ।

“भोलि तपाइँहरुले शिक्षा क्षेत्रको आफ्नो भूमिका छोडेर समाजको अरू भूमिकामा जाँदा क्रान्तिकारी आन्दोलन इतिहास तथा योगदानलाई बिर्सन मिल्दैन”, उहाँले भन्नुभयो, “तर अहिले सक्रिय राजनीतिक नेताभन्दा मुख्य भूमिका चाहीँ शिक्षा क्षेत्रको आमूल परिवर्तन गर्ने नेता हुनु जरुरी छ ।”