२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले राष्ट्रपति चुनावबारे निर्णय लिन बोलायो बैठक



file
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आसन्न राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाले बैठक बोलाएको हो । राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा भाग लिनुपर्ने र बहिष्कार गर्नुपर्ने नेताहरुले आ–आफ्नो धारणा सार्वजनिक गर्दै आएका छन् ।

सरकारमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु सहभागी छन् । पार्टीमा राष्ट्रपति निर्वाचनमा भाग लिने वा नलिनेबारे निर्क्योल भइनसकेको बताइएको छ । कार्यसम्पादन समितिले यसबारे निर्णय लिनेछ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठक राष्ट्रपति मनोनयनको एक दिन अघि शुक्रबार दिउँसो साढे १२ बजे बस्ने तय भएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार राप्रपाले आफ्नो उम्मेदवार राष्ट्रपतिमा नउठाउने तर कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषयमा सोही दिन छलफल हुने उनले बताउनुभयो ।