२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेवानि निजीकरण बिरुद्ध कर्मचारी आन्दोलित (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगम निजीकरण गर्न खाजेको भन्दै निगमका कर्मचारी आन्दोलित बनेका छन् । आन्दोलनमा उत्रिएका कर्मचारीहरुले गत शुक्रबार महाप्रबन्धक डिमप्रकाश पौडेलको कार्यकक्षमा तालाबन्दी गरेका छन् । 

आन्दोलनमा उत्रिएका कर्मचारीहरुले आईतबार पनि निगमको मुख्य कार्यलयमा प्रर्दशन गरेका थिए । उनिहरुले सोमबार यस बिषयमा पर्यटन तथा नागरिक उड्यनमन्त्रालयको पनि ध्यानकर्षण गराएका छन् । मन्त्रालयको ध्यानकर्षण गराएपछि आन्दोलनमा उत्रिएका कर्मचारीहरुले निगम मुख्यालयमा नाराबाजी गरेका छन् । 

निगम जोगाउन भन्दै नेपाल वायुसेवा निगम कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन निगम, नेपाल वायुसेवा कर्मचारी संघको अगुवाईमा कर्मचारीहरु आन्दोलित भएका हुन् ।