१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

राष्ट्रपति भण्डारीद्वारा अस्पतालको नवनिर्मित भवन उद्घाटन

राष्ट्रपति भण्डारीद्वारा अस्पतालको नवनिर्मित भवन उद्घाटन
अ अ+ अ-

बागमती । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ । यहाँ आयोजित समारोहमा उहाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको उक्त भवन उद्घाटन गर्नुभएको हो ।

सत्तरी शय्या क्षमता रहेको सो भवन रु ४३ करोडको लागतमा निर्माण भएको हो । अस्पतालको नवनिर्मित भवनबाट आजैदेखि स्वास्थ्य सेवा सुरु भइसकेको छ । मकवानपुरको हेटौँडामा रहेको यो मुलकुकै पुरानो अस्पतालमध्ये पर्छ । नयाँ र पुरानो गरी उक्त अस्पतालको बिरामी भर्ना क्षमता हाल दुई सय शय्या पुगेको छ ।

सो अस्पतालमा हाल ३८ विशेषज्ञ चिकित्सक, ५० मेडिकल अधिकृत, स्वास्थ्यकर्मी तथा कर्मचारीसहित तीन सय ८७ जना कार्यरत रहेको बताइएको छ । हाल अस्पतालमा २४सै घण्टा सिटी स्क्यान, सघन उपचार कक्ष र प्याथोलोजी सेवा उपलव्ध छ । अस्पतालमा एमआरआई, बालबालिकाका लागि एनआइसियु सेवा उपलब्ध छ भने पिआइसियु सेवा थप गर्ने तयारी भइरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाइँले जानकारी दिनुभयो ।

नयाँभवन निमार्णसँगै हेटाँैडा अस्पतालले आफनो सेवा र जनशक्ति थप गरी गुणस्तरीय उपचार दिने उहाँले बताउनुभयो । अस्पतालबाट हाल दैनिक सात सय ५० जनाले बहिरङ्ग सेवा प्राप्त गरिरहेका अस्पताल व्यवस्थापनले जनाएको छ । रासस