१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

अरुका लागि सधैँ आफूले बलिदान नगर्ने: माधव नेपाल

अरुका लागि सधैँ आफूले बलिदान नगर्ने: माधव नेपाल
अ अ+ अ-

दाङ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफ्नो नाम चर्चामा आए पनि यसका लागि बृहत् छलफलको आवश्यकता रहेको बताउनुभएको छ ।

मंगलबार दाङको भालुवाङमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आफूलाई राष्ट्रपतिको प्रस्ताव आउनु स्वाभाविक भएको तर यसबारे आफूलाई कसैबाट पनि ठोस प्रस्ताव नआएको बताउनुभयो । उहाँले यदि राष्ट्रपतिका लागि प्रस्ताव आए के गर्ने भन्नेबारे आफूले सोचिनसकेको पनि बताउनुभयो ।

राष्ट्रपति निर्वाचनलाई पावर सेयरिङको रुपमा पार्टीको भूमिका हुनुपर्ने उहाँको भनाइ थियो । अहिले बजारमा धेरै हल्ला र चर्चारपरिचर्चा भइरहेको भन्दै कुनै कुराको टुंगो नलागिसकेको अध्यक्ष नेपालले बताउनुभयो । “चाहना राख्ने कुरा बेग्लै हो, मैले आफूले के गर्ने भन्नेबारे सोचिसकेको छैन, हाम्रो पार्टीले पनि के गर्ने भन्नेबारे कुनै निर्णय गरिसकेको छैन तर पार्टीको धारणा भने पावर सेयरिङमा हाम्रो भूमिका हुनुपर्छ”, उहाँले भन्नुभयो । अरुका लागि सधैँ आफूले बलिदान नगर्ने उहाँको भनाइ थियो ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तपाईंलाई राष्ट्रपतिका लागि प्रस्ताव गर्नुभएको हो भन्ने पत्रकारहरुको जिज्ञासामा उहाँले कतिपय कुरा पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने बताउनुभयो । “अहिले बोल्न हतार गर्नुहुन्न, प्रेसमा आएका सबै कुरा साँचो हुन्छन् भन्ने छैन, संविधानको संरक्षण गर्ने कुरामा हामी अत्यन्त चनाखो हुनुपर्छ”, अध्यक्ष नेपालले भन्नुभयो ।

उहाँले निर्वाचनअघि राष्ट्रपतिमा पार्टीका सम्मानित नेता झलनाथ खनालको नाममा नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको खुलासा गर्नुभयो । नेता खनाल निर्वाचनमा पराजित भएकाले राष्ट्रपति को बन्ने भन्ने विषयमा ठोस निर्णय नभएको उहाँको भनाइ थियो । उहाँले नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलहरुसँग शक्ति बाँडफाँटका विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।