२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

राष्ट्रिय सभाको भुमिकालाई प्रभावकारी बनाउन सांसदहरुको जोड

राष्ट्रिय सभाको भुमिकालाई प्रभावकारी बनाउन सांसदहरुको जोड
अ अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि राष्ट्रिय सभाको भुमिका प्रभावकारी नभएको भन्दै राष्ट्रिय सभा सदस्यहरुले यसको भुमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । 

सोमबार राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले राष्ट्रिय सभा अन्र्तगतको समितिहरुको कामलाई निरन्तरता दिनुपर्ने र सिंगो राष्ट्रिय सभाको भुमिकालाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् । 

बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संविधानले दुई सदनात्मक व्यवस्था गरेको भएपनि प्रतिनिधि सभा नहुँदा राष्ट्रिय सभाको औचित्य नै नभएको जस्तो देखिएको बतउनुभयो । संविधानले राष्ट्रिय सभा सधैँ रहन्छ भनेको भएपनि कामले पनि सधै रहेको जस्तो देखाउनुपर्ने उहाँले बताउनुभयो । समितिले विपत अथवा संविधानको मौलिक हकसँग सम्बन्धित कुनै कानुनहरुको बारेमा छलफल गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘विपतको हुनसक्छ, हाम्रो संविधानको मौलिक हकसँग सम्बन्धित अरु कुनै कानुनहरुको हुनसक्छ त्यस्तो छानेर हामी निरन्तर काम गरौँ । दुई सदनात्मक व्यवस्थाको औचित्य नै नभएको जस्तो लाग्छ कहिलेकाहीँ । प्रतिनिधि सभा मर्दा राष्ट्रिय सभा पनि मरेको हुने भए त यो दुईवटा सदनको कुनै औचित्य नै नहोला जस्तो । संविधानमा राष्ट्रिय सभा सधैँ रहन्छ भनेको छ, कामले पनि रहेको जस्तो देखिनुपर्‍यो ।’

राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले राष्ट्रिय सभा सदस्यहरुले पनि क्रियाशिलता बढाउनुपर्ने बताउनुभयो । राष्ट्रिय सभा सदस्यहरुको संसदको भुमिका भन्दा पनि बढी पार्टीको भुमिकामा बढी देखिएका कारण प्रभावकारीता हुन नसकेको उहाँले बताउनुभयो । पार्टी सदस्य र संसद सदस्यको भुमिकामा स्पष्ट हुँदै सांसदको भुमिकालाई प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य ठगेन्द्र प्रकाश पुरीले विधायन व्यवस्थापन समितिमा भएका सम्पूर्ण विधेयकको काम सकेर प्रभावकारी काम गरेको सन्देश अरु समितिहरुलाई दिनुपर्ने बताउनुभयो । उहाँले सामाजिक व्यवहार सुधार ऐन र संक्रामक रोग ऐनलाई सदनमा पु¥याएर छलफल गर्नुपर्ने बताउनुभयो ।

विधायन व्यवस्थापन समितिका सभापति परशु राम मेघी गुरुङले समितिको आगामी बैठकले सामाजिक सुधार ऐन र संक्रामक रोग ऐन सम्बन्धी ऐनको विषयमा छलफल गर्ने जानकारी दिनुभयो । समितिले क्रमशः प्रतिलिपि अधिकार ऐन, भुमी सम्बन्धी, सार्वजनिक खरिद ऐन र भ्रष्टाचारको सम्बन्धमा छलफल गर्ने पनि जानकारी दिनुभयो ।

राष्ट्रिय सभाको आठौं अधिवेशन शुरु भएसँगै समितिहरु क्रियाशिल हुन खोजेका छन् । राष्ट्रिय सभा सदस्यहरुले राष्ट्रिय सभाको अधिवेशन छिट्टै अन्त्य हुने हो कि भन्ने आशंका पनि गरेका छन् ।