२१ भाद्र २०८३, आईतवार
,
Latest
पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ को नाम ‘सगरमाथा’ राखौंः डोल्मा तामाङ



अ+ अ-

विराटनगर। नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य डोल्मा तामाङले प्रदेश नम्बर एकको नाम ‘सगरमाथा’ राख्न प्रस्ताव गरेकी छन् ।

कांग्रेस संसदीय दलको तर्फबाट सोमबार बैठकमा विशेष समयमा बोल्दै सांसद तामाङले अघिल्लो सरकारले प्रदेशको नाम राख्न नसेकेको भन्दै अब विलम्ब नगरी नामकरणमा जोड दिनुपर्ने बताइन् ।

“संसारले चिनेको विश्वकै अग्लो शिखरको नामबाट प्रदेश १ को नाम राख्न उपयुक्त हुन्छ, सगरमाथाको देश भनेर चिनिएको नेपालमा प्रदेशको नाम राख्न हामी किन पछि परिरहेको छौं,” तामाङले भनिन्, “यो निर्णय गर्दा सबैको शिर उँचो हुन्छ । इज्जत पनि बढ्छ ।” अरू सबै प्रदेशले नाम राखिसकेको अवस्थामा प्रदेश १ ले अहिलेसम्म नाम राख्न नसक्दा शिर झुेकेको उनले बताइन्।

उनले प्रदेशले खर्च बढाएको भन्ने आरोपलाई चिर्न मन्त्रालयको संख्या घटाउने काम भएको र प्रदेशको औचित्य पुष्टि गर्नुपर्ने बताइन् । उनले कांग्रेस रचनात्मक प्रतिपक्षीको भूमिकामा रहने पनि बताइन् ।