२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ को नाम ‘सगरमाथा’ राखौंः डोल्मा तामाङ



अ+ अ-

विराटनगर। नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य डोल्मा तामाङले प्रदेश नम्बर एकको नाम ‘सगरमाथा’ राख्न प्रस्ताव गरेकी छन् ।

कांग्रेस संसदीय दलको तर्फबाट सोमबार बैठकमा विशेष समयमा बोल्दै सांसद तामाङले अघिल्लो सरकारले प्रदेशको नाम राख्न नसेकेको भन्दै अब विलम्ब नगरी नामकरणमा जोड दिनुपर्ने बताइन् ।

“संसारले चिनेको विश्वकै अग्लो शिखरको नामबाट प्रदेश १ को नाम राख्न उपयुक्त हुन्छ, सगरमाथाको देश भनेर चिनिएको नेपालमा प्रदेशको नाम राख्न हामी किन पछि परिरहेको छौं,” तामाङले भनिन्, “यो निर्णय गर्दा सबैको शिर उँचो हुन्छ । इज्जत पनि बढ्छ ।” अरू सबै प्रदेशले नाम राखिसकेको अवस्थामा प्रदेश १ ले अहिलेसम्म नाम राख्न नसक्दा शिर झुेकेको उनले बताइन्।

उनले प्रदेशले खर्च बढाएको भन्ने आरोपलाई चिर्न मन्त्रालयको संख्या घटाउने काम भएको र प्रदेशको औचित्य पुष्टि गर्नुपर्ने बताइन् । उनले कांग्रेस रचनात्मक प्रतिपक्षीको भूमिकामा रहने पनि बताइन् ।