१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि बिक्रीवितरण सुरु

नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि बिक्रीवितरण सुरु
अ अ+ अ-

काठमाडौं । नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि बिक्रीवितरण सुरु भएको छ । टिजिग फर्माले उत्पादन गरेको क्यान्सरविरुद्धको औषधि बिक्रीवितरण गर्न थालिएको हो । टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल औषधिमा आत्मनिर्भर बनाउनका लागि आफूहरूले क्यान्सरको औषधि पहिलोपटक उत्पादन गरेर बिक्रीवितरण सुरु गरेको जानकारी दिनुभयो । 

टिजिग क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ । कम्पनीको उद्योग काभ्रेको बनेपामा रहेको छ । भारतको हैदरवादमा रहेको एसपी एक्युर ल्याब ९एसपिएएल०सँग प्रविधि हस्तान्तरण सम्झौता गरेर कम्पनीले क्यान्सरविरुद्धको औषधि उत्पादन गरेको हो । 

कार्यकारी निर्देशक वैद्यले अहिले बजारमा ट्याब्लेट र क्याप्सुलको औषधि उत्पादन गरिएको बताउनुभयो । उहाँले खोप (इन्जेक्सन)मा आधारित औषधि पनि चाँडै नै बनाउने योजना रहेको जानकारी दिनुभयो । कम्पनीले अहिले नेपाल भित्रै बिक्रीवितरण गर्न औषधि व्यवस्था विभागबाट तीन वटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त भइसकेको छ । 

“अहिले हामी मुखबाट खान मिल्ने औषधि अर्थात् ट्याबलेट र क्याप्सुल बनोटमा पठाएका छौँ । खोप (इन्जेक्सन) पनि उत्पादन गर्ने तयारीमा रहेका छौँ”, उहाँले भन्नुभयो । कार्यकारी निर्देशक वैद्यले आफूले उत्पादन गरेको औषधि विदेशबाट आएकोभन्दा सस्तो हुने बताउनुभयो । 

“हामीले उत्पादन गरेका औषधि यसअघिसम्म नेपाली बिरामीले विदेशबाटै ल्याएर खानुपर्ने बाध्यता थियो, अब त्यो बाध्यता हट्नेछ”, उहाँले भन्नुभयो, “उही औषधि नेपालमै उत्पादन हुँदा हामीले बिरामीलाई केही सहुलियत दरमा दिनेछौँ ।”

उहाँले नेपालमै उत्पादन हुने भएपछि औषधिको अभाव पनि नहुने बताउनुभयो । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विष्णुदत्त पौडेलले क्यान्सर रोगविरुद्धको औषधि नेपालमै उत्पादन हुनु राम्रो भएको भन्दै औषधिको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो ।  

क्यान्सर रोग विशेषज्ञ डा मदन पियाले नेपालमा नै क्यान्सर रोगविरुद्धको औषधि उत्पादन हुनु सबैका लागि खुशीको कुरा रहेको र औषधि स्वदेशी नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो । नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजंग पाण्डेले स्वदेशमै जुनसुकै औषधि बन्छ र बनाउन सकिन्छ भन्ने कुरा पछिल्लो पटक क्यान्सरको औषधि उत्पादन हुनुले प्रमाणित भएको बताउनुभयो । 

उहाँले नेपालमा क्यान्सरजस्तै अरु औषधि उत्पादन गरेर मुलुकलाई औषधिमा आत्मनिर्भरता बनाउनुपर्ने बताउनुभयो । औषधि व्यवस्था विभागका सन्तोष केसीले उत्पादन भएको औषधिको गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो ।