• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo

ओडीआईमा करणको ५० विकेट पूरा, नेपाललाई नवौँ सफलता



file photo

काठमाडौं । करण केसीको एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पूरा भएको छ ।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको जारी खेलमा विकेट लिएसँगै करणको ५० विकेट पूरा भएको हो ।

यससँगै करण नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पूरा गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । करणले नेपालका एकदिवसीय अन्तराष्ट्रियमा ३२ खेलमा ५० विकेट लिएका हुन् । यस अघि सन्दीप लामिछाने र सोमपाल कामीले ५० विकेट पूरा गरिसकेका छन्।

सन्दीपले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा नेपालका सर्वाधिक ७२ विकेट लिएका छन् । सोमपाल ५१ विकेटका साथ दोस्रो स्थानमा रहेका छन् ।