२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओडीआईमा करणको ५० विकेट पूरा, नेपाललाई नवौँ सफलता



file photo
अ+ अ-

काठमाडौं । करण केसीको एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पूरा भएको छ ।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको जारी खेलमा विकेट लिएसँगै करणको ५० विकेट पूरा भएको हो ।

यससँगै करण नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पूरा गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । करणले नेपालका एकदिवसीय अन्तराष्ट्रियमा ३२ खेलमा ५० विकेट लिएका हुन् । यस अघि सन्दीप लामिछाने र सोमपाल कामीले ५० विकेट पूरा गरिसकेका छन्।

सन्दीपले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा नेपालका सर्वाधिक ७२ विकेट लिएका छन् । सोमपाल ५१ विकेटका साथ दोस्रो स्थानमा रहेका छन् ।