२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रजातन्त्र दिवसको अवसरमा नेविसंघको सप्ताहव्यापी अभियान



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघले ७३ औँ प्रजातन्त्र दिवसको अवसर पारेर सप्ताहव्यापी रुपमा देशभरका सरकारी विद्यालय, विश्व विद्यालय, क्याम्पसहरुमा राष्ट्रिय झन्डा राख्ने, वृक्षारोपण र सरसफाई कार्यक्रमको सुरुवात गरेको छ ।

नेविसंघ केन्द्रिय कार्यसमितिको परिपत्र अनुसार आईतबार देशभरका झन्डै चार सय बढी क्याम्पसहरुमा राष्ट्रिय झण्डा राख्ने र सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । विभिन्न प्रदेश कमिटि, जिल्ला समिति र क्याम्पस ईकाईहरुको आयोजनामा सुरु भएको यस अभियानमा देशभरका विद्यार्थीहरुले उल्लासमय सहभागीता जनाएका छन् ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार राष्ट्रियता, लोकतन्त्र, समाजवाद, र विद्यार्थी एकतालाई मुख्य आर्दश मान्दै देशमा भएका विभिन्न परिवर्तनगमी आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै लोकतन्त्रको संस्थागत विकास, विद्यार्थी हकहित र शैक्षिक क्षेत्रमा उन्नयनका साथै समायनुकूल विकास र परिवर्तनको निमित्त गर्दै आएका गतिविधिलाई बढावा दिन र सबै विद्यार्थीहरुलाई गोलबद्व गर्न यस अभियानको थालनी गरिएको हो ।

नेपाल र नेपाली जनाताको लागि एतिहासिक महत्व बोकेको दिनको अवसर पारेर सुरु गरिएको यस अभियानमा विभन्न अन्तरक्रिया कार्यक्रम, विचार, गोष्ठी लगायत वक्तित्वकला तथा वादविवादका कार्यक्रम, वृक्षारोपण र सरसफाई सँगै क्याम्पस तथा विद्यालयमा नयाँ झन्डा राख्ने अभियान सुरु गरिएको उनले बताए ।

विद्यार्थीहरुबीच समाजिक खललता नपु र्‍याउन र राष्ट्रिय अखण्डता कायम गराउन भव्य र सभ्य तरिकाले यस अभियानको सुरुवात भएको जनाउँदै उनले विभिन्न जिल्लाहरुमा दिप प्रज्वलन कार्यक्रम समेत गरिएको बताए ।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकतालाई आफ्नो आदर्श मानेर स्थापना भएको नेविसंघले विद्यार्थीका बर्गीय मुद्धाहरुको उठान र समाधान गर्दै लोकतन्त्रको बिकास,बिस्तार र जगेर्ना गर्दै बिद्यार्थीहरुका बर्गीय मुद्धा स्थापित गर्न अनवरतरुपमा कृयाशिल रहदै आएको उनको भनाई छ ।