२९ भाद्र २०८३, सोमबार
,
Latest
संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

आनी छोइङ्ग डोल्मा लगायतको टोलीद्वारा मनाङमा बाढीपहिरो प्रभावितलाई सहयोग प्रदान



अ+ अ-

मनाङ । चर्चित गायिका आनी छोइङ्ग डोल्मा, समाजसेवी कल्पना क्षेत्री, सामाजिक अभियन्ताहरु धावा ग्याल्जेन चुम्बा, छेवांग नेटुप चुम्बा लगायतको टोलीले मनाङका बाढीपहिरो प्रभावितलाई सहयोग गरेका छन् । 

सो टोलीले न्यानो कपडा र ज्याकेट तथा सोलार प्यानल सहितको टर्चबत्ति र मोबाइल चार्जर बाढीपहिरो प्रभावितलाई वितरण गरेका हुन् । 

प्रारम्भ सामाजिक संस्था र आनी छोइङ्ग डोल्मा फाउन्डेसन बाट जिल्ला सदरमुकाम चामे नगरपालिका, नार्सो गाउँपालिका एवं ताल, तिल्चे, बगरछाप, दानाक्यु लगायतका ठाउँमा उक्त सामग्री हस्तान्तरण गरी टोली काठमाडौं फर्किएको छ । 

मानविय क्षति नभए पनि भौतिक क्षति एवं मानसिक पीडा र त्यहाँको दर्दानक अवस्था रहेको उनीहरुले बताएका छन् ।