२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई शीर्ष नेताबीच छलफल जारी छ । आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न दुई शीर्ष नेताबीच भेटवार्ता भएको उच्च स्रोतले जनाएको छ ।

फागुन २५ मा हुने राष्ट्रपति चुनावका लागि यही १३ गते मनोनयन दर्ता हुँदैछ ।

नेपाली काँग्रेस र एमालेले आ–आफ्ना उम्मेदवार उठाउने तयारी गरिरहँदा माओवादीले भने राष्ट्रिय सहमतिका आधारमा साझा व्यक्तिलाई राष्ट्रपति निर्वाचित गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

प्रतिनिधिसभामा १० सिट रहेको समाजवादीले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।