२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूल विषयमा प्रवेश नभएपनि विवाद समाधानका लागि निरन्तर छलफल गर्छौँ : संयोजक रावल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पार्टीको विवाद समाधानका लागि गठित कार्यदलका संयोजक भीम रावलले मूल विषयमा प्रवेश नभएपनि आन्तरिक विषयमा समाधानका लागि निरन्तर छलफल बढाउने बताएका छन् । सोमवार सिंहदरबारमा बसेको कार्यदल बैठकपछि बाहिरिने क्रममा रावलले भोलिको बैठकमा मूल विषयमा प्रवेश गर्ने बताएका हुन् ।

‘कार्यदललाई निरन्तर बढाउने बारे छलफल भयो, आज मूल विषयमा प्रवेश गरेनौ । आन्तरिक विषयमा समाधानका लागि प्रयत्न गर्न भोलि बैठक पुन बस्छौ’ रावलले भने ।

आइतवार राति प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र रावलबीच छलफल भएको भोलिपल्ट कार्यदल सक्रिय भएको हो । ‘कुराकानी धेरै लामो समयदेखि हुँदै आएको थियो । कसरी राष्ट जनता, लोकतन्त्रलाई अगाडि बढाउने भन्ने विषयमा छलफल भएको थियो’ रावलले ओलीसँगको भेटबारे भने ।