१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबारे छलफल गर्न समाजवादीका नेताहरु बैठकमा



file photo
अ+ अ-

काठमाडौँ । प्रतिपक्ष गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)का नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । भावी राष्ट्रपतिबारे पार्टीको धारणा तय गर्न समाजवादीका नेताहरु छलफलमा बसेका हुन् ।

पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा अहिले जारी बैठकमा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, महासचिव वेदुराम भुसाल, उपमहासचिव विजय पौडेल, गंगालाल तुलाधरलगायतका नेताहरु सहभागी छन् ।

प्रचण्डले पार्टीमा छलफल गरेर राष्ट्रपतिबारे निर्णय गर्ने बताएका छन् । फागुन २५ मा हुने राष्ट्रपति चुनावका लागि यही १३ गते मनोनयन दर्ता हुँदैछ ।

नेपाली काँग्रेस र एमालेले आ–आफ्ना उम्मेदवार उठाउने तयारी गरिरहँदा माओवादीले भने राष्ट्रिय सहमतिका आधारमा साझा व्यक्तिलाई राष्ट्रपति निर्वाचित गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

प्रतिनिधिसभामा १० सिट रहेको समाजवादीले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।