२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरिफलाई प्रतिम्याच ६ लाख र आदिललाई ४ लाखको अफर गरेको हुँ: महबुब आलम



अ+ अ-

काठमाडौँ । पूर्वक्रिकेटर महबुब आलमले क्रिकेटरद्वय आरिफ शेख र आदिल हासिम अन्सारीलाई पैसाको अफर गरेको स्वीकार गरेका छन् ।

काठमाडौँ जिल्ला वकिलको कार्यालयसँगको बयानमा आलमलाई आदिल अन्सारीसँग भएको मोबाइल कुराकानीको अडियो रेकर्ड पनि सुनाइएको थियो । अडियोमा आलमले आरिफ शेखलाई प्रतिम्याच ६ लाख र हासिम अन्सारीलाई प्रतिम्याच ४ लाखको अफर गरेका छन् ।

उनले आदिललाई ५ रनभित्र आउट भए ४ लाख दिने र आरिफ शेखलाई ६ लाखको अफर गरेका छन् । स्पट फिक्सिङको आरोपमा सोमबार काठमाडौँ जिल्ला अदालतमा मुद्द दर्ता भएको छ । नेपाल टि–२० लिगका क्रममा स्पट फिक्सिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले आलमसहित तीन जनालाई पक्राउ गरेको थियो ।

महबुबका अनुसार उनले हासिम अन्सारी र आरिफलाई मात्र प्रस्ताव गरेको र उनीहरुले स्विकार नगरेका कारण कुनै रकम नपाएको बताएका छन् ।

सहित ५ जनाविरुद्ध स्पट फिक्सिङ गरेको आरोपमा सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । नेपाल टी–२० लिग दौरान स्पट फिक्सिङ गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोले आलमसहित तीन जनालाई पक्राउ गरेको थियो ।

महबुबले सरकारी वकिल कार्यालयसँग गरेको बयान यस्तो छ –

‘मेरो छिमेकी भाई रवि माझीले मलाई हालै सम्पन्न नेपाल टी–२० लिग सञ्चालन भइरहेको बेला निजको मोबाइलबाट मैले प्रयोग गर्ने ह्वाट्स एप नम्बरमा मलाई सम्पर्क गरेको थियो । उसले जारी लिगमा पोखरा एभेन्जर्सका खेलाडी आरिफ शेख र फार वेस्ट युनाइटेडका हासिम अन्सारीले कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाई आउट भएमा वा बलिङ गर्दा १ ओभरमा विपक्षी ब्याट्सम्यानलाई १० भन्दा बढी रन दिए निजहरुलाई ६ लाख नेपाली रुपैयाँ रकम निजले उपलब्ध गराउने कुरा सम्बन्धित व्यक्तिहरुलाई जानकारी गराई दिनु भनेको हो ।
त्यसपछि मैले आफ्नै मोबाइलबाट तत्काल आरिफ शेखलाई निजको मोबाइल नम्बरमा सम्पर्क गरी रवि माझीको प्रस्तावबारे जानकारी गराएको थिएँ । सो प्रस्तावबारे आरिफ शेखले तत्काल निर्णय दिएनन् । मैले आरिफ शेखको मोबाइल नम्बरसमेत रवी माझीलाई ह्वाट्स एपमा पठाई मैले सबै कुरा गरेको छु, तिमी पनि कुरा गर भनि म्यासेज पठाएको थिएँ । खेलाडीको काम हुनासाथ पैसा उपलब्ध हुने उनले बताएका थिए ।

सो पश्चात मैले आरिफ शेखको म्यासेन्जरमा तिमीलाई कसैले फोन ग¥यो भनी प्रश्न गर्दा निजले मबाट यो काम हुँदैन भनि जवाफ दिए । मैले निजलाई पैसा राम्रो दिएको भएर कुरा गर्दै बाँकी ६ म्याचको प्रतिम्याच ६ लाखका दरले ३६ लाख तिमीलाई हुने कुरा पनि म्यासेन्जरमा बताएको थिएँ । मलाई पनि प्रतिम्याच २ लाख दिने बताई खेलाडीहरुसँग सम्पर्क गराएको थिएँ । आरिफ शेखले कुन टिमसँगको खेलमा प्रस्ताव गरे बमोजिम खेल खेल्नुपर्ने भन्ने बारेमा रवि माझीले बताएका थिएनन् । निजलाई ६ लाख दिने भनि रवि माझिको प्रस्ताव चाहीँ मैले आरिफ शेखलाई राखिदिएको हुँ ।

पुस १४ गते हासिम अन्सारीले मलाई फोन गरेका थिए । उक्त समयमा निजले खेल्ने कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाई आउट भएमा ४ लाख रुपैयाँ दिन रवि माझिको प्रस्ताव मैले राखिदिएको हुँ । निजले तत्काल कुनै निर्णय दिएनन् । हासिम अन्सारीले कुन टिमसँगको खेलमा प्रलोभन देखाए बमोजिम खेल खेल्नु पर्ने थियो सोबारे रवि माझीले बताएका थिएनन् । रवि माझिले ६ लाख रुपैयाँमध्ये मलाई २ लाख दिने प्रस्ताव गरेका कारण हासिम अन्सारीलाई ४ लाख रुपैयाँ दिने प्रस्ताव गरेको हुँ । खेलाडीले प्रस्ताव स्वीकारे मात्र मैले २ लाख रुपैयाँ पाउने रवि माझीले बताएका थिए ।’