१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

आरिफलाई प्रतिम्याच ६ लाख र आदिललाई ४ लाखको अफर गरेको हुँ: महबुब आलम

आरिफलाई प्रतिम्याच ६ लाख र आदिललाई ४ लाखको अफर गरेको हुँ: महबुब आलम
अ अ+ अ-

काठमाडौँ । पूर्वक्रिकेटर महबुब आलमले क्रिकेटरद्वय आरिफ शेख र आदिल हासिम अन्सारीलाई पैसाको अफर गरेको स्वीकार गरेका छन् ।

काठमाडौँ जिल्ला वकिलको कार्यालयसँगको बयानमा आलमलाई आदिल अन्सारीसँग भएको मोबाइल कुराकानीको अडियो रेकर्ड पनि सुनाइएको थियो । अडियोमा आलमले आरिफ शेखलाई प्रतिम्याच ६ लाख र हासिम अन्सारीलाई प्रतिम्याच ४ लाखको अफर गरेका छन् ।

उनले आदिललाई ५ रनभित्र आउट भए ४ लाख दिने र आरिफ शेखलाई ६ लाखको अफर गरेका छन् । स्पट फिक्सिङको आरोपमा सोमबार काठमाडौँ जिल्ला अदालतमा मुद्द दर्ता भएको छ । नेपाल टि–२० लिगका क्रममा स्पट फिक्सिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले आलमसहित तीन जनालाई पक्राउ गरेको थियो ।

महबुबका अनुसार उनले हासिम अन्सारी र आरिफलाई मात्र प्रस्ताव गरेको र उनीहरुले स्विकार नगरेका कारण कुनै रकम नपाएको बताएका छन् ।

सहित ५ जनाविरुद्ध स्पट फिक्सिङ गरेको आरोपमा सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । नेपाल टी–२० लिग दौरान स्पट फिक्सिङ गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोले आलमसहित तीन जनालाई पक्राउ गरेको थियो ।

महबुबले सरकारी वकिल कार्यालयसँग गरेको बयान यस्तो छ –

‘मेरो छिमेकी भाई रवि माझीले मलाई हालै सम्पन्न नेपाल टी–२० लिग सञ्चालन भइरहेको बेला निजको मोबाइलबाट मैले प्रयोग गर्ने ह्वाट्स एप नम्बरमा मलाई सम्पर्क गरेको थियो । उसले जारी लिगमा पोखरा एभेन्जर्सका खेलाडी आरिफ शेख र फार वेस्ट युनाइटेडका हासिम अन्सारीले कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाई आउट भएमा वा बलिङ गर्दा १ ओभरमा विपक्षी ब्याट्सम्यानलाई १० भन्दा बढी रन दिए निजहरुलाई ६ लाख नेपाली रुपैयाँ रकम निजले उपलब्ध गराउने कुरा सम्बन्धित व्यक्तिहरुलाई जानकारी गराई दिनु भनेको हो ।
त्यसपछि मैले आफ्नै मोबाइलबाट तत्काल आरिफ शेखलाई निजको मोबाइल नम्बरमा सम्पर्क गरी रवि माझीको प्रस्तावबारे जानकारी गराएको थिएँ । सो प्रस्तावबारे आरिफ शेखले तत्काल निर्णय दिएनन् । मैले आरिफ शेखको मोबाइल नम्बरसमेत रवी माझीलाई ह्वाट्स एपमा पठाई मैले सबै कुरा गरेको छु, तिमी पनि कुरा गर भनि म्यासेज पठाएको थिएँ । खेलाडीको काम हुनासाथ पैसा उपलब्ध हुने उनले बताएका थिए ।

सो पश्चात मैले आरिफ शेखको म्यासेन्जरमा तिमीलाई कसैले फोन ग¥यो भनी प्रश्न गर्दा निजले मबाट यो काम हुँदैन भनि जवाफ दिए । मैले निजलाई पैसा राम्रो दिएको भएर कुरा गर्दै बाँकी ६ म्याचको प्रतिम्याच ६ लाखका दरले ३६ लाख तिमीलाई हुने कुरा पनि म्यासेन्जरमा बताएको थिएँ । मलाई पनि प्रतिम्याच २ लाख दिने बताई खेलाडीहरुसँग सम्पर्क गराएको थिएँ । आरिफ शेखले कुन टिमसँगको खेलमा प्रस्ताव गरे बमोजिम खेल खेल्नुपर्ने भन्ने बारेमा रवि माझीले बताएका थिएनन् । निजलाई ६ लाख दिने भनि रवि माझिको प्रस्ताव चाहीँ मैले आरिफ शेखलाई राखिदिएको हुँ ।

पुस १४ गते हासिम अन्सारीले मलाई फोन गरेका थिए । उक्त समयमा निजले खेल्ने कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाई आउट भएमा ४ लाख रुपैयाँ दिन रवि माझिको प्रस्ताव मैले राखिदिएको हुँ । निजले तत्काल कुनै निर्णय दिएनन् । हासिम अन्सारीले कुन टिमसँगको खेलमा प्रलोभन देखाए बमोजिम खेल खेल्नु पर्ने थियो सोबारे रवि माझीले बताएका थिएनन् । रवि माझिले ६ लाख रुपैयाँमध्ये मलाई २ लाख दिने प्रस्ताव गरेका कारण हासिम अन्सारीलाई ४ लाख रुपैयाँ दिने प्रस्ताव गरेको हुँ । खेलाडीले प्रस्ताव स्वीकारे मात्र मैले २ लाख रुपैयाँ पाउने रवि माझीले बताएका थिए ।’