१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

आदिल अन्सारीद्वारा फिक्सिङ आरोप अस्वीकार

आदिल अन्सारीद्वारा फिक्सिङ आरोप अस्वीकार
अ अ+ अ-

काठमाडौँ । क्रिकेटर आदिल अन्सारीले आफूमाथि लागेको स्पट फिक्सिङको आरोप अस्वीकार गरेका छन् । सोही आरोपमा पक्राउ परेका अन्सारीले फिक्सिङका लागि आफूलाई अप्रोच आएको भए पनि त्यसलाई आफूले स्वीकार नगरेको बताएका छन् ।

काठमाडौँ जिल्ला सरकारी वकिलसँग दिएको बयानमा उनले आफूलाई भएको अप्रोचका बारेमा एन्टी करप्सन युनिटलाई जानकारी दिएको समेत बताएका छन् । उनले खेलका क्रममा फ्याँकेको ‘नो बल’ नियतवश नभएको बयान दिएका छन् ।

उनले दिएको बयान यस्तो छ:

हाल सम्पन्न भएको नेपाल टी–२० लिग शुरु भएको केही दिनपछि सामान्य चिनजान भएका भारतका समिर शेख भन्ने व्यक्तिले म पनि लिगमा खेल्न लागेको थाहा पाई मलाई मैले प्रयोग गर्ने मोबाइल नम्बरमा हेलो भनी मेसेज पठाएका थिए ।

सोपश्चात ह्वाट्स एपमै कल गरी ‘मेरो लागि एउटा नो बल र वाइड बल फालिदेउ, त्यसबापत १ लाख रकम दिनेछु’ भनी प्रस्ताव राखेका थिए । तर मैले निजलाई तत्कालै यस्तो विषयमा मसँग कुरा नगर्नु भनि निजसँग कुरा गर्न छाडिदिएको थिएँ ।

मैले निजको एप्रोच तत्कालै अस्वीकार गरेको हुँ र निजले भनेअनुसार खेल खेलेको पनि छैन । सो विषयमा नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासलाई समेत जानकारी गराएको थिएँ ।

सन् २६ डिसेम्बर २०२२ मा भएको खेल खेल्ने क्रममा बायाँ भागको कम्मरको नशामा समस्या आएपछि मैले तत्काल टीम कोचलाई जानकारी गराएपछि हाम्रो टीमको फिजियोथेरापिस्ट कर्मा छोडोन गुरुङले मलाई सामान्य उपचार गरिसकेपछि म पुनः खेल खेल्नको लागि मैदानमा गएको थिएँ ।

सो पश्चातको खेलमा पनि मैले अलराउण्डरको रुपमा खेल खेलि बलिङ गरेको थिएँ । हाम्रो टिममा तिव्रगतिको बलर नभएको कारण मलाई नै बलिङ गर्नको लागि कोचले निर्देशन दिएको कारण मैले बलिङ गरेको थिएँ ।

मलाई बायाँ भागको कम्मरमा समस्या आएकै कारण मिति २०७९ पौस १२ गते सम्पन्न भएको काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीचको खेलको बाह्रौँ ओभर र मिति २०७९ पौष १४ गते सम्पन्न भएको जनकपुर रोवल्स र फार वेस्ट यूनाईटेड बीचको खेलको छैठौं ओभरमा दुखाईको कारण एक नो बल र एक वाईड बल हुन गएको हो । मैले समिर शेखले भनेअनुसार बलिङ गरेको होइन ।

सामान्य रकम प्रस्ताव गरेको हुँदा मैले यसमा निजले मसँग मजाक गरेका होलान् भनि गम्भीरतापुर्वक लिएको थिइनँ । खेलकै दौरान मलाई कल आएको एक-दुई दिनपछि विभिन्न सञ्चारमाध्यमहरुमा म्याच फिक्सिङ र स्पट फिक्सिङका बारेमा समाचार प्रकाशन-प्रसारण भएको र सर्वसाधारण समेतले यस बारेमा चर्चा–परिचर्चा हुन थालेपछी समिर शेखले मलाई फिक्सिङमा प्रयोग गर्न खोजेको हुनसक्छ भनि नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासलाई उक्त एप्रोचको बारेमा जानकारी गराएको हुँ ।

निजको सल्लाह बमोजिम सोको भोलिपल्ट एन्टी करप्सन युटिन म्यानेजर बिर सिंहलाई जानकारी गराएको हुँ ।

मैले निज समिर शेखले भने अनुसार खेल नखेलको र निजसँगबाट रकम समेत लिएको छैन । तर निज समिर शेखले मजाक मजाकमा नो बल र वाईड बल फाल्न भनेपछि निजलाई मैले अब यस्तो नगर्नु भनि चेतावनीसमेत दिएर निजसँग कुरा गर्न छाडेको थिएँ ।