२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहेपछि अर्की महिलाप्रति यसकारण आकर्षित हुनु हुन्न…



अ+ अ-

काठमाडौं । आचार्य चाणक्यको नीति वर्तमान जीवनमा पनि प्रासंगिक मानिन्छ ।

यदि कसैले आफ्नो जीवनमा चाणक्य नीतिको पालना गर्छ भने उसले सामाजिक जीवनसँग जोडिएको हरेक चुनौतीसँग सजिलै लड्न सक्छ भन्ने मान्यता अहिलेसम्म पनि छ । चाणक्य महान राजनीतिज्ञ र अर्थशास्त्री पनि थिए ।

चाणक्यका अनुसार कसैले सुन्दरता, भोजन र पैसाको बारेमा सोचेर असन्तुष्टि जनाउनु हुँदैन । व्यक्तिसँग जे छ त्यसैमा खुसी रहनुपर्छ ।

चाणक्य नीतिका अनुसार ज्ञानबिना जीवनमा कुनै सफलता हासिल गर्न सकिँदैन । ज्ञान यस्तो चिज हो जो सधैं सँगै रहन्छ ।

चाणक्यले कुनै पनि काम गर्दा त्यसको असल र खराब पक्षको विचार गर्नुपर्ने बताएका छन् । यस्तो गर्नेहरूको जीवनमा कुनै अप्ठेरो नआउने उनको विश्वास छ ।

चाणक्य विहेपछि पुरुष अर्की महिलातर्फ आकर्षित हुन नहुने धारणा राख्छन् । यसले पारिवारिक मात्र नभएर व्यक्तिगत जीवनमा पनि ठूलो नकारात्मक असर गर्ने उनको दाबी छ ।

चाणक्यले आफूभन्दा कम र धेरै प्रतिष्ठा भएको मान्छेसँग मित्रता नगर्न पनि सुझाव दिएका छन् ।