२९ भाद्र २०८३, सोमबार
,
Latest
तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहेपछि अर्की महिलाप्रति यसकारण आकर्षित हुनु हुन्न…



अ+ अ-

काठमाडौं । आचार्य चाणक्यको नीति वर्तमान जीवनमा पनि प्रासंगिक मानिन्छ ।

यदि कसैले आफ्नो जीवनमा चाणक्य नीतिको पालना गर्छ भने उसले सामाजिक जीवनसँग जोडिएको हरेक चुनौतीसँग सजिलै लड्न सक्छ भन्ने मान्यता अहिलेसम्म पनि छ । चाणक्य महान राजनीतिज्ञ र अर्थशास्त्री पनि थिए ।

चाणक्यका अनुसार कसैले सुन्दरता, भोजन र पैसाको बारेमा सोचेर असन्तुष्टि जनाउनु हुँदैन । व्यक्तिसँग जे छ त्यसैमा खुसी रहनुपर्छ ।

चाणक्य नीतिका अनुसार ज्ञानबिना जीवनमा कुनै सफलता हासिल गर्न सकिँदैन । ज्ञान यस्तो चिज हो जो सधैं सँगै रहन्छ ।

चाणक्यले कुनै पनि काम गर्दा त्यसको असल र खराब पक्षको विचार गर्नुपर्ने बताएका छन् । यस्तो गर्नेहरूको जीवनमा कुनै अप्ठेरो नआउने उनको विश्वास छ ।

चाणक्य विहेपछि पुरुष अर्की महिलातर्फ आकर्षित हुन नहुने धारणा राख्छन् । यसले पारिवारिक मात्र नभएर व्यक्तिगत जीवनमा पनि ठूलो नकारात्मक असर गर्ने उनको दाबी छ ।

चाणक्यले आफूभन्दा कम र धेरै प्रतिष्ठा भएको मान्छेसँग मित्रता नगर्न पनि सुझाव दिएका छन् ।