५ भाद्र २०८३, शुक्रबार
,
Latest
उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना सुक्दै गएका पानीका मुहान संरक्षणका लागि नेपालकै पहिलो उप–राष्ट्रिय मार्गचित्र सार्वजनिक तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना मधेस प्रदेशसभाः चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’ एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित धनगढीमा शिक्षा संवादः ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’ क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय टीमबाट विदेशमा खेल्न पाउनुपर्ने मागसहित सन्दीपको सर्वोच्चमा पुनरावेदन



file
अ+ अ-

काठमाडौं । पूर्वकप्तान सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । राष्ट्रिय टीमबाट विदेशमा खेल्न पाउनुपर्ने माग गर्दै सन्दीपले उच्च अदालतकोफैसलाविरुद्ध पुनरावेदन गरेका हुन् ।

बलात्कारको अभियोग लागेका सन्दीप गत २९ पुषमा २० लाख धरौटीमा केन्द्रिय कारागारबाट रिहा भएका थिए । जिल्ला अदालतको थुनामै बसेर मुद्दा लड्नुपर्ने आदेश बदर गर्दै उच्च अदालतले उनलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । तर, उनलार्ई विदेश जान भने रोक लगाएको छ । उच्च अदालतको सोहि फैसलाविरुद्ध सन्दीपले एक साताअघि सर्वोच्चमा पुनरावेदन गरेका हुन् ।

सन्दीपले गरेको पुनरावेदनमा फागुन १२ गतेलाई पेसी तोकिएको बताईएको छ ।

नेपाली क्रिकेट टीम आगामी १३ गते यूएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न दुबई जाँदैछ । अदालतले विदेश जान रोक लगाएकाले सन्दीपलाई टीममा नपर्नसक्छन् । तर, सर्वोच्चको १२ गतेको पेसीले उक्त रोक फुकुवा गरिदियो भने सन्दीप यूएई जान सक्छन् ।

हाल घरेलु मैदानमा जारी त्रिकोणात्मक श्रृंखलामा सन्दीपले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।